भगवान् शिव : तमिल, मङ्गोल कि किराती ?
सन् १९८५ मा चेक विद्वान जसले आफुलाई द्रविड विद्वान भएको घोषणा गर्छन्, कमिल भी ज्वेलभिलले “आनन्द नृत्य अफ शिबसदामूर्ति” कितावको प्रकाशन गरे | उनी तमिलनाडुमा थोमस चर्चको लागि प्रचारक भएर सन् १९७७ मा त्यहाँ आएका थिए | उनले यस कितावमा लेखे “शिव नितान्त द्रविड देवता हुन् | आर्यहरूसंग शिवको कुनै सम्बन्ध छैन | बरू आक्रमणकारी आर्यहरूले द्रविडहरूबाट चोरेर शिवलाई आर्यकरण गरेका थिए | यसै गरी १९९८ सुब्रहमंयम मुरुगन नामक कितावमा पुन: “धूर्त ब्राह्मणहरूले मुरुगनलाई पनि आफ्नै बनाए” भन्दै हिन्दूहरू वीच फूट पार्ने ठूलो बीज रोपे |
एता नेपालमा पनि साम्यवादीहरू र केही आदिवासी जनजातिका स्वयम्भू विद्वानहरूले शिवलाई “मङ्गोल वा किराती देवता” हुन् भन्दै हिन्दूहरूले यी देवताहरूलाई चोरेर हिन्दुकरण गरेको आरोप लगाएको धेरैले पढ्नु भएकै होला | इसाई विद्वान र प्रथम बृटिश राजदूत ब्रेन एच होगसन (१८००-१८९४) ले शिव मङ्गोल वा किराती हुन् भन्दै आर्य र अनार्यला रूपमा नेपालीहरूलाई फुटाउने इतिहास तयार गरेका थिए | पछि यिनकै पादचिन्हमा हिड्दै सिंधे एल पेरी (१९९७) बिष्टआदि, गोपाल किराती र धेरै थुप्रै वामपन्थी विद्वानहरूले राई-लिम्बुआदि पूर्वेली जनजातिहरूका आराध्य देव किरात भएको र किरातको त्यो संस्कृति उनीहरूले मंगोलियादेखि ल्याएको भन्ने विचार उत्पेषण गरेका छन् |
तपाईं/हामीले बुझ्नु पर्ने कुरा के हो भने जसरी इसाईहरूले भारतको तमिलनाडुमा शिव तमिल हुन् भनेर “तमिल पहिचानको बाटोबाट तेहाका निवासीहरूलाई आपसमा फुटाउने काम गरिरहेका छन् तेसरी नै हगसनआदि इसाई तथा वामपन्थी विचारकहरूले किरातेश्वर किराती देवता हुन् भन्दै नेपालीहरूमा धार्मिक रुपमा फुटाउने प्रयत्न गरिरहेका छन् | र हदैसम्म ती सफल पनि भएका छन् | आज नेपाली समाज “नेपाली हुनुको साटो किरात, राई, मगर, बाहुनक्षेत्री, मदेशी-पहाडीआदिमा आदिमा विभाजित भएको छ | र मौका छोपेर नेपाली इतिहास धर्म, संस्कृति र परम्परालाई निमोठ्न पराई-धर्मीहरू सक्रिय छन् | नेपाली समाज धर्मपरिवर्तनकारी शक्तिहरूका लागि स्वर्ग नै सावित भएको छ |
घृणावाद एतिबिध्न बल्झिएको छ कि बाहुनक्षेत्रीलाई “मजा चखाउन” आदिवासी-जनजाति र अछूत समुदयहरूले धमाधम इसाई धर्म अपनाई रहेका छन् भन्नेहरू पनि भेटिन्छन् | एकातिर इसाई बनेको बाहुनलाई उभ्याएर अन्यजातिहरूलाई धर्म त्याग्न प्रोत्साहित गरिन्छ भने अर्कोतिर तिनै ब्राह्मण-क्षेत्रीहरू विरुद्ध अत्यन्त आपत्तिजनक टीकाटिप्पणीहरू गरिन्छन् | बाइबल हातमा लिएर कोरिएको विषाक्त रेखाले नेपाली परिवार त विभाजित भएकै छ मन पनि विभाजित भएर इजरायल पुगेको छ | शिवलाई किराती वा मङ्गोल मान्ने समुदायले बुझ्नुपर्छ कि फाइदा तेस्रोले लुटिरहेको छ, हामी केवल फुटिरहेका छौँ |
उपरोक्त दूबै घटनामा विश्वास गर्ने र एस्तो कपोलकल्पित इतिहासमा विश्वास गर्नेहरूसंग एउटा प्रश्न त गर्नैपर्छ – तमिलनाडुमा काम गर्ने इसाईहरूका लागि शिव तमिल रैथाने हुन् भने नेपालीहरूका इसाई तथा वामपन्थीका लागि मङ्गोल ? आखिर शिव तमिल हुन् कि मङ्गोल ? वा शिवको यो काल्पनिक पहिचान अन्य कुनै प्रयोजनका लागि कोरिएको हो ?
तेसैले हामी नेपाली हुनुपर्छ | धर्मपरिवर्तनको प्रपन्चका लागि रचिएका फुटवाद विरुद्ध एक हुनुपर्छ | शिव सबैका हुन् | कन्याकुमारी देखि हिमालयसम्म, दिल्लीदेखि अफगानिस्तान, श्रीलंका, तिब्बत, थाइल्याण्ड, इन्डोनेशियाआदि सम्म विराजमान शिवका मूर्ति र मन्दिरहरूलाई देख्दादेख्दै “शिव तमिल हुन्, शिव किरात हुन्” भन्दै स्थानीय जनताबीच घृणाका बीज रोप्नेहरूप्रति सजग हुनुको विकल्प छैन | भारतवर्षीय धरतीका समस्त मनुजहरू आर्य (श्रेष्ठ) हौँ |
आफ्नो एस्तो विशाल पहिचानको इतिहास छोडेर विखण्डवादी इतिहासमा विश्वास गर्नु भनेको सांस्कृतिक आत्महत्या नै ठहरिन्छ | हाम्रो सम्बन्ध सहृदयताको हो, हामी नेपालका रैथाने हौँ र हाम्रो जरोकिलो हाम्रो आफ्नै सभ्यता हो भन्ने वोधले हामी अजेय हुन्छौ |
