लेख्नु पर्ने इतिहास !
ई. पू. ५४४० मंसीर महिनाको एकादशी तिथि | आज जैमिनी गुरुकुल तथा परिवारमा उपवासको वातावारण छ तर वाहिर भने गण्डकी नदीको विहादी फाँटमा लटरम्म धान झुलिरहेको छ | जैमिनी गुरुकुल फाँटभन्दा अलि माथिको पहाडमा अवस्थित छ जहाँ पानीआदिको सुविधा छ भने गौपालनका लागि संगै घाँसले भरिएको जङ्गल पनि छ |
ऋषि जैमिनी र उनको समस्त गुरुकुल परिवार यो वर्ष निकै खुसी छ | किनभने खेतमा धान निकै राम्रो फलेको छ र जसले ऋषिको परिवार तथा आश्रम बटुकहरूका लागि वर्षभरीको लागि पर्याप्त हुनेछ | वारीमा यव (जौ) पनि निकै सप्रेको छ जुन यज्ञआदिका लागि पर्याप्त हुनेछ |
ऋषि निकै प्रसन्न छन् किनभने सप्रेको अन्नपातले गुरुकुलका बटुक, पाहुना, गौआदिको वर्षभरी स्वागत गर्न सकिन्छ | शीला खोज्न, भिक्षाटन गर्न, राजा वा महाजनहरूसंग याचना गर्न बटुकहरूले खर्च गर्नु पर्ने समय सङ्ख्य-योग, मीमांसाआदिको अध्ययनमा प्रयोग गर्न सक्नेछन् | यी तपोमूर्ति यो वर्ष ऋषिले पनि कुनै चिन्ता नगरी आफ्ना बटुकहरूलाई पढाउन सक्नेछन् |
यज्ञपुरुष वेदको कृपाले आगामी धेरै वर्ष गण्डकी क्षेत्रको त्यो गुरुकुलमा कुनै प्रकारको विपत्ति आएन | हजारौं विद्यार्थीहरूले आ-आफ्नो वर्णाश्रम र रुचिअनुसारको शिक्षा प्राप्त गरे | कसैले पाणिनीय ब्याकरणमा दक्षता प्राप्त गरे, कसैले सम्पूर्ण वेदहरू मुखाग्र गरेर श्रोत्रीय बने, कसैले अस्त्रशस्त्रको ज्ञान प्राप्त गरे, औषधि, कृषि, नक्षत्रआदिको ज्ञान प्राप्त गरेर तेसका विज्ञ बने |
चारैतिर विहादी फाँटमा ऋषि जैमिनीले स्थापित गरेको गुरुकुलमा दीक्षित भएका विज्ञहरूको मांग हुन थाल्यो | अंग, वंग, कलिंग, मगधआदि राज्यवाट मुक्तिनाथको दर्शन गर्ने जाने तीर्थालुहरूले समेत आफ्ना बालबालिका तेहा पठाउन थालेको सयौंवर्ष वितिसकेको छ | तर गण्डकी क्षेत्रमा जन्मेका हुर्केका विद्वान र विदुषीहरूको ज्ञान सबैभन्दा श्रेष्ठ थियो | उनीहरूले पढ्दा वेदले जुन शुद्धता प्राप्त गर्थ्यो, तेस्तो शुद्ध उच्चारण अरूबाट असम्भव प्राय थियो |
अनि, नेमि ऋषिले स्थापना गरेको नेपाल देशबाट विद्वानहरू देश-विदेशमा फैलिन थाले | यिनै विद्वानहरूको सहयोगले मगधको तक्षशीला, नालन्दमा, सिंध देशको विक्रमशीलाआदि विश्वविद्यालयहरूको स्थापना गरियो | गण्डकक्षेत्रका विद्वानहरू कुलाधिपतिका रूपमा स्थापित भए | विश्वभरी नै गण्डक क्षेत्रका विद्वानहरूको प्रतिष्ठा बढ्यो |
ई. पू. ३०४० तिर नेपालका नौ गण्डकी, सात कोशी तथा कर्णाली नदीका किनारामा अनेकौं गुरुकुल थिए | ती गुरुकुलहरूमा देश-विदेशबाट असंख्य विद्यार्थीहरू आएर शास्त्र तथा शस्त्र अध्ययन गर्थे | भारत, चाइना, श्यामआदि देशहरूबाट अनुसन्धाताहरू आउथे र आफ्नो देशको लागि उपयुक्त शिक्षा प्राप्त गर्थे | यही मेसोमा ग्रीसको एथेन्सबाट एनेक्सीमेन्दर, देमोक्रीट्सआदि विद्वानहरूले गण्डकी किनारामा सिकेर आफ्नो देश लागेका थिए | सोफिस्टहरूले लोकायत सिकेका थिए भने अन्यले अध्यात्मवादको अध्ययन गरेका थिए |
यसै विच राजाहरूमा राजकाजप्रति विरक्तिपन उब्जिन थाल्यो | राजाहरू स्वत: राज्य त्यागेर जंगलमा गएर तपस्या गर्न थाले | यही मेसोमा यस क्षेत्रका राजा ऋषभदेवले ई. पू. ३३४० मा पुलाहाश्रमका एउटा कुलपतिले सन्यास ग्रहण गरे | यी त्यागी तथा विरक्त थिए | ज्ञानवस्थामा नग्न समेत भएको थाहा पाउन्नथे | पछि, मगधदेशका राजकुमारले यिनको प्रेरणाबाट जैनपन्थको स्थापना गरे |
ई. पू. २६७० वर्षमा एउटा गौतम नामक बालकको जन्म भयो जसले पछि बौद्धत्वप्राप्त गरेर बुद्ध बने | गौतमले पनि अनेकौं गुरुकुलहरूमा चहारेर ज्ञान प्राप्त गरे | तर कौडीन्यायनजस्ता गण्डकी (कौडीन्य गोत्रका ब्राह्मणहरू नेपालमा हुन्छन् जुन यिनै ऋषिका सन्तान हुन्) क्षेत्रका विद्वानहरू तेसवखतका विश्वविद्यालयहरूको कुलपतित्व गरिरहेका थिए |
यसैविच सिकन्दरले भारतवर्षमा आक्रमण गरे | उनले यहाँको वैभव र उन्नति देखे तथा बुझे | जङ्गली अवस्थामा रहेको युरोपलाई भारतवर्षजस्तै वैभवशाली बनाउन गण्डकीक्षेत्रका विद्वानहरू सहायक हुन्छन् भन्ने ठानेर ई. पू. १२३० मा ३०० जना विद्वानहरूको एउटा टोली बडोआदर साथ ग्रीस लगे | तेहा उनीले पहिलो पटक गुरुकुलको स्थापना गरे | तेसमा प्लेटो, अरस्तुआदि स्थानीय बटुकहरूले शिक्षादीक्षा प्राप्त गरे | पछि, ती गुरुकुलको नेतृत्व समेत गरे |
पछि, इसाई धर्मको विकास संगै भारतवर्षका विद्वानहरूले स्थापना गरेका गुरुकुल तथा विश्वविद्यालयहरूलाई तारो मनाएर मासियो | तेसरी नै गजनवीले भारतवर्षका ठूला विश्वविद्यालयहरूमा आगो लगाएर सखाप पारे | नेपाली विद्वानहरूको नेतृत्वमा स्थापित भएका युरोपेली गुरुकुलहरूलाई इसाई र एसियाका गुरुकुल विश्वविद्यालयहरूलाई मुस्लिमहरूले नष्ट पारे |
सन् १७०० तिर भारतवर्षमा प्रवेश गरेका इसाईहरूले येनकेन प्रकारेण संचालनमा रहेका गुरुकुलहरूलाई विस्थापन गर्न मैकालेको शिक्षानीतिलाई प्रोत्साहन दिए | फलत: विश्वभरी विश्वविद्यालयहरूका माध्यमबाट शिक्षाप्रदान गर्ने नेमी-देशीय विद्वानहरूको योगदान समाप्त भयो | नागार्जुनजस्ता विद्वानहरूको श्रम समाप्त पार्ने गरी नया तर काल्पनिक इतिहास रचियो | जसमा आर्यहरूलाई ककेसीयाबाट भारतवर्षमा पसेको भन्ने अनुमान गरिएको छ |
असलमा, सभ्यताको विकास पहाडीक्षेत्रबाट मैदानतिर हुन्छ | मैदानबाट पहाडतिर हुँदैन | यो प्राकृतिक नियम हो | आर्यहरू नेपालक्षेत्रबाट भारतीय मैदान हुँदै युरोपेली मैदानमा पुगेका हुन् | आज पनि पहाडबाट मदेशमा बसाई सराई हुन्छ, मदेशबाट पहाडतिर हुँदैन | एसको उदाहरण बुटवल तथा दांगमा भेटिएको रामपेथिक्सको १.५ करोड प्राचीन बंगारो हो |
यसरी, समस्त विश्वविद्यालय, गुरुकुल वा आधुनिक शिक्षालयको अवधारणा र विकासको प्राथमिक स्रोत नेपाल नै हो | नेपालको गण्डकी क्षेत्रबाट आर्यहरू युरोप पुगेर तेहाका जङ्गलीहरूलाई सभ्यता सिकाएका हुन् | नेपालका बाहुनक्षेत्री, वैस्यशूद्रजातिहरू नेपालका रैथाने हुन् | नेपालका यी जातिहरू भारतबाट नेपाल पसेका हुन् भन्ने इतिहास कथामात्र हो, तत्थ्य होइन |
……..
के एसरी इतिहास लेख्न सकिन्न र ?
