रामनवमीको अवसरमा फरक शुभकामना !
जव वैदिक चाडवाडहरू आउँछन्, केही “प्रगतिशील”हरूलाई बडो कष्ट हुन्छ | उनीहरूका लागि तीज, दशैं, माघी, लोसार. भुम्या, तिहार आदि नेपाली मौलिक चाडवाडले “शैतान” बनेर धार्मिकताको सतीत्व भंग गर्छन् | स्वदेशमा मात्र होइन विदेशबाट पनि सतीत्व रक्षाको लागि गुहार लगाइन्छ | बालबालिकाहरूलाई समेत बटुलेर शैतानहरूको प्रभावबाट जोगाउन नवनिर्मित गुफाहरू शरणस्थल बन्छन् |
ती गुफाहरूमा “शैतान”लाई सत्तेसराप गरेर प्रभु रिझाइन्छ | बालबालिका, रोगी र अनपढहरू पवित्र कितावहरू आत्मको आँखाले पढ्छन् | बोल्न नसक्नेहरू बोल्छन्, खुट्टा नै नभएकाहरू पहाड चढ्छन् र पहाडको टुकुरामा चढेर प्रभुको नाममा शैतानसंग जोगिने ध्वास दिन्छन् | विचरा प्रभु भने गुफाभित्रैबाट आफ्नो आरिस पोख्छ |
हिन्दूहरूले गाईको पूजा गरेको देखेर कसैको प्रगतिशीलताको सतीत्व भंग हुन्छ भने कसैको धार्मिकताऊपर मगरहरूले मनाउने भूम्या-पर्वको शैतानले आक्रमण गरिरहेको हुन्छ भने कसैको प्रभु बौद्धहरूको पूजाआजा देखि तर्सेर आफ्ना शिष्यहरूलाई गुफामा बोलाएर सान्त्वना दिन्छ | बेलायत, अमेरिका, युरोप, भारतबाटबाट आएका “प्रभुका झाँक्री”हरूले शैतान झार्छन् | नयाँ-नयाँ प्रभुका झाँक्रीहरूको त झन् कुरै नगरौं !!
आज म श्रीराम नवमीका पवित्र अवसरमा त्यो इर्ष्यालु प्रभु र तिनका भक्तहरूका विषयमा सोचिरहेको जुन सधैं आफ्नो मात्रै जयजयकार चाहन्छ | हिन्दूहरूले रामनवमी, तीज मनाउंदा होस् वा बौद्धहरूले महादान गर्दा, मगरहरूले भूम्याको पूजा गर्दा होस् वा थारूहरूले माघीको रमझम गर्दा होस् अथवा राई-लिम्बुले चण्डी नांच गर्दा नै किन नहोस् – हरेक अवसरमा इर्ष्या र डाहाले मुर्मुराउने गर्छ |
हुन त मलाई कुनै एकलकाटे प्रभुको वारेमा चर्चा गर्न मन पटक्कै थिएन | तर आज विहानै प्रभुका नवदीक्षित नेपाली झाँक्रीले “राम नवमी पर्वबाट विश्वासीहरूले संझौता गर्नुहुँदैन” भनेर दिएको संदेश पढेपछि यो सबै लेखें | आरिसे प्रभु,असहिष्णु झाँक्री र अनपढ पुस्तकका प्रगतिशील भक्तहरूका विषयमा बोल्नै पर्यो |
अनि, भन्न कर लाग्यो – यदि रामकृष्ण, सीता ,बुद्ध आदि नेपाली देवदेवताहरू तीज, तिहारआदि नेपाली रैथाने पर्वहरूबाट तिम्रो प्रभु एतिविध्न क्रुद्ध हुन्छ भने त्यो आरिसे प्रभुले तिमीहरू शैतानहरूका विचमा बसेको पटक्कै मन नपराएको हुनुपर्छ | एस्तो अवस्थामा, आफ्ना प्रभुलाई खुसी बनाउने सबैभन्दा राम्रो साधन “पशुपतिनाथको देश नेपाल” छोड्नु नै उचित हुँदैन र ?
बरू म त भन्छु, तिम्रो त्यो अरिसे प्रभु पनि श्रीरामको शरणमा परोस् जसले उसमा पनि हामी नेपालीहरू झैं सबै धर्म, जाति तथा संस्कृतिलाई आफ्नै परिवारमान्ने संस्कारको विकास होस् | कि कसो ?
