गुरुकुलको यो पाठ्यक्रम (Syllabus)

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)

प्राचीन गुरुकुलको पाठ्यक्रममा अणिमा अर्थात् परमाणु सरह सानो हुने, महिमा अर्थात् अत्यन्त ठूलो हुने, गरिमा अर्थात् धेरै गह्रुङ्गो हुने, लघिमा अर्थात् हलुङ्गो हुने, प्राप्ति अर्थात् मनले चिताएको कुरा प्राप्त गर्ने, प्रकाम्य अर्थात् अर्काको मनको कुरा बुझ्ने, ईशत्व अर्थात् सर्वज्ञता प्राप्त गर्ने र वसित्व अर्थात् निर्जीव र सजीव दूवैलाई आफ्नो वसमा पारेर काम लिने विद्याहरूको पनि अभ्यास गराइन्थ्यो कि ?

तन्त्र, मन्त्र यन्त्र तिनैबटा साधनहरू र योगसाधनाले उप्रोत्ज अष्टसिद्धिहरू प्राप्त हुन्छन् भनेका छन् भने उपरोक्त आठैबटा सिद्धिहरूको प्रयोग गरेका महपुरुषहरूको उदाहरणहरू पनि छन् | महत्वपूर्ण तत्थ्य के हो भने हरेक सिद्धि प्राप्तिका लागि के-कस्तो साधना गर्नुपर्छ भन्ने साधनका व्याबहारिक पक्षहरू पनि शास्त्रहरूमा प्रसस्त साक्षहरू प्राप्त छन् |

विज्ञानका विषयहरू पनि प्रयोगमा नआउँदासम्म अविश्वसनीय नै हुन्छन् | आज भन्दा ५० वर्ष अगाडीसम्म इन्टरनेट, मोबाइल फोन, रङ्गीन टेलिभिजन, आज भन्दा ४० वर्ष अगाडीसम्म लेपटप कम्प्युटर, डिजिटल घडी, मङ्गल ग्रहको यात्रा सबै अविश्वासनीय नै थिए | प्राचीन वैदिक सभ्यतामा सभवत: प्रयोग भएका तर अहिले कालगतिका कारण शास्त्रीय चर्चामा रहेका अष्ट-सिद्धिका विषयहरूलाई “मानवीय कल्पना” मात्र भन्नु विज्ञानको नियमलाई अस्वीकार गर्नु हो | वरू, शास्त्रीय रूपमा उपलब्ध प्रमाणहरूका आधारमा पुनर्स्थापित गर्ने आवश्यकता ठान्छु |

आजको वैदिक समाजले र समाजका अगुवा गुरूहरूबाट साधनाको लिंक टुटेको छ भने अर्कोतिर योग्य तथा जिज्ञासु विद्यार्थीहरूको अभाव देखिन्छ | आधुनिकताको प्रवाहले प्राचीन साधना र साधकहरूको निरन्तरता भंग भएको हो भनेर मैले प्रमाणित त गर्न सक्दिन तर योग्य शिक्षकहरू जिज्ञासु तथा योग्य विद्यार्थीहरूको मिलन नभएर साधना विपत्तिमा परेको छ कि सोच्नु पर्ने बुझिन्छ |

हनुमानले सुरसाको मुखमा पस्दा सानो रूप लिएको (अणिमा) , दुर्योधनले श्रीकृष्णलाई वन्दी बनाउँन खोज्दा विश्वरूप देखाएको(महिमा) , रावणको छोरोले अंगदको गोडा उचाल्न खोज्दा (गरिमा), सत्यभामाले जोख्न खोज्दा श्रीकृष्णले आफ्नो वजन तुलसीको पात भन्दा हलुङ्गो बनाएका (लघिमा), तपस्या गरेर ऋषि-मुनि, राजाहरूले चाहेको वरदान प्राप्त गरेको (प्राप्ति) महर्षि वशिष्ठले मनको कुरा बुझ्ने शक्ति प्राप्त गरेको (प्रकाम्य) रावणआदिले शक्ति प्राप्त गरेर विश्वको प्रभु बनेको (ईशत्व) र मोहनी रूपधारण गरेका विष्णुले देवदानव तथा मानवलाई मोहित पारेका (वसित्व) उदाहरण नै छन् |

यो विश्वका वस्तुहरू किन अणुरूप छन् कि विशाल | ती अत्यन्त गह्रौं छन् कि एजदमै हलुका | प्रज्ञाशील व्यक्तिहरूले सधैं के यी सबै सिद्धि र प्रयोगकर्ताहरू निरापद थिए त ? खोज्ने, पुनस्थापित गर्ने र पहिल्याउने काम हाम्रै जिम्मेवारीमा परेको छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *