नेपालोदय

नेपालोदय

नेपालोदय

हाम्रो शरीर नेपाली माटोले बनेको छ | यो शरीरको धमनीहरूमा लाखौं वर्ष प्राचीन ऋषिमुनीहरूको रक्त प्रवाहित छ | हाम्रो मनमा धर्म र संस्कृतिप्रति अगाध माया छ | ऋषिमुनीहरूले आर्जित गरेको तपोबल छ | त्यैपनि हाम्रो बौद्धिकतामा आफ्नै स्वधर्म र संस्कृति महानता र उपयोगिताका विषयमा सन्देहका बीजहरू रोपिएको छ | यी सन्देहका बीऊहरू निराकरण नगरी नेपालीको पुनरुत्थान हुँदैन |
हामी नेपालीको उदय चाहन्छौं | यसका लागि पहिलो संघर्ष विदेशीहरूबाट उधारोमा लिइएको ‘राजनीति’लाई देशबाट सधैका लागि विदा गर्नुपर्ने छ | मार्क्सवादी युटोपिया र समाजवादी मनोविज्ञानिक सुखवादबाट देश मुक्त हुनैपर्छ | अनिबल्ल, उदय धर्म, संस्कृति र वैदिक विशालतामा झाँगिएको नेपाली सभ्यताको अनन्तता सुनिस्चितका संगै हाम्रो उदय हुनेछ | नेपालोदय हुनेछ |
समाजवाद, साम्यवाद, पुँजीवादआदिका राजनीतिले देशले पाउन भन्दा पनि गुमाएको छ | आफ्नो मौलिकता, स्वसंस्कृतिप्रतिको आत्मविश्वास र आफ्नोपनप्रति बढ्दो तिरस्कारको मनोविज्ञानले नेपालीहरूको बौद्धिक एकता छियाछिया भएको छ | पश्चिमाबाट आयात भएको राजनीतिले जनताले गुमाएकामात्र छन्प | परम्परागत पेशाबाट विस्थापित गरेर सडकमा जनतालाई उभ्याउनु नै विदेशी-चिन्तनको पहिलो उपलब्धी हो | देशको बेरोजगारी परम्परागत पेशा र सीप गुमाएका नेपालीहरूको एउटा प्रायोजित भीड हो |
तर अचम्मको कुरा भने यी सबै प्रपन्चहरू विकास, समानता र उज्वल भविष्यका लागि बोलिएका हुन्प्र | ब्यबहारमा यी सबैले नेपालीहरूलाई ‘विदेशीको दास’ बाहेक केही बनाउन सकेन | विश्वगुरू बन्नु पर्ने नेपालीको विशाल बौद्धिकता र स्वाभिमान खाडीका देशहरूको दासमा परिवर्तित भएको छ | देशको राजनैतिक संस्कृति पश्चिमा-अनुदान वा ऋणमा सीमित भएको छ |
पश्चिमा राजनैतिक दासताले विश्वगुरू हुनुपर्ने नेपालीहरू ‘विश्व-दास’मा परिवर्तित भएका छन् | भारत होस्ने वा नेपाल पश्चिमाबाट आयात गरिएको राजनैतिक चिन्तनले दास-मानसिकता बाहेक सृजित गरेको देखिन्न | जतिसुकै स्वावलाम्बिपन, आत्मविश्वास र समानताका कुरा गरे तापनि स्वावलम्विपनको अर्थ दासता, आत्मविश्वासको अर्थ स्वसंस्कृतिप्रति संका र समानताको अर्थ पूँजीपतिहरूको संरक्षणमा सीमित छ | नेपालको उदयकालागि यो दासतापूर्ण राजनैतिक आयातकर्त्ता र संरक्षकहरूको तिरस्कारसंग हुनेछ |
देशका जनतालाई विश्वको दोस्रो बिजुली उत्पन्न गर्ने धनी देशको सपना देखाएर सम्वृद्धिको सपनामात्र देखाइयो | यस वीचमा विदशीहरूले खेलेर धर्मपरिवर्तन गराइरहेका छन् | धर्मपरिवर्तन गराएर स्वदेश, स्वसंस्कृतिबाट सजिलै विचलित गर्न सकिन्छ | यो सबै हामी नेपालीले भोगिरहेका छौँ |
नेपालको पुरोत्थान हुँदैछ, प्रतिक्षा गर्नुहोस् !!
वि.स. २००७ सालपछि नेपाली खोलाहरूमा अनन्त पानी बगिसकेको छ | हरेक राजनैतिक परिवर्तनहरू जनताका पक्षमा खरो उत्रन सकेका छैनन् | वि.पी.को गुण गाउँदैमा जनताको विकास हुँदैन, मार्क्सको फोटो पूज्दैमा वा मदन भण्डारीको भजनले पनि परिवर्तन ल्याउँदैन | यदि हत्या र हिंसाले आर्थिक र सामाजिक विकासका सूचकांक परिवर्तित हुन्थे भने २०६३ पछि नेपाल सिंगापुरजस्तो हुनुपर्ने हो | तर आजको मितिमा हामी नेपालीहरू पुन: कृषियुगमाफर्कन थालेका छौँ | हाम्रा अग्रज राजनैतिक नेतृत्वको अदूरदर्शीपनको फल अहिलेको जनताले भोग्नु परिरहेको छ | इन्धनकोआपूर्ति रोकिंदा हाम्रो धड्कन वन्द भएको छ | भारतलाई मात्र दोषदिएर कोई पनि उम्कन सक्नेअवस्था छैन |
वन्द भारतले गरेको हो कि मधेशी आन्दोलनकारीहरूले हामी आमजनताले वास्तविकता बुझ्न सक्दैनौं | न बुझ्नु पर्ने नै कुरा हो | हामीले आफ्नो प्रतिनिधि चुनेर संसदमा पठाएका छौँ, सुविधा दिएका छौँ, सकिनसकि कर तिरेर | भारतीयहरूलाई केही फरक पदैन, हाम्रा नेता र सरकारी अधिकारीहरूलाई पनि कुनै फरक पदैन | उनीहरूले चलाउने गाडीमा तेल र किचनमा ग्यास हवाईजहाज ल्याउन हामी जनताले कर तिरेकै छौँ |
आजहामी जनताको वास्तविकता हो, प्रजातन्त्रको चरमअभ्यासले दाउरामा भात पकाएर खाने र पैदल हिड्ने युग शुरुभएको छ | अधिकारको नाममा जोसुकैले जेजस्तो गरेपनि भएको छ | दशैँतिहारको रमाइलोमा राजेन्द्र महतोजस्ता आफ्नै देशलाई बन्धक बनाउनेलाई कारवाहीगर्न नसक्ने नामर्द सरकार, मधेसीजनतालाई ढाल बनाएर आफ्नो स्वार्थ पूरा गर्न शक्ति खर्च गरिरहेको मोदी-सरकार र नेपाली जनताले एस्तो ढुंगेयुगिन कष्ट झेल्नुपर्दा एकशब्द पनि बोल्न नसक्ने पश्चिमेली कूटनीतिक समूह र मानवाधिकारवादीहरू सबै नांगिएका छन् | मदेशी जनताको आवाज सरकारले सुन्नुपर्छ तर अल्पमतको लागि बहुमतलाई बन्धक बनाउने, अपमानित गर्ने अभिप्रायलाई अस्वीकार गर्न सक्नुपर्छ |
यदि मदेश आन्दोलन ठीक छ भने सक्दो चांडो सम्वोधन गरेर नेपाली जनतालाई निकास देऊ | यदि मदेश आन्दोलन बेठीक छ भने जनतालाई बन्धक बनाउने आतंककारी हुन्, यिनलाई मुद्दा चलाएर कारवाही गर | मोदी सरकारले पनि मदेशी आन्दोलनले आयात रोकिएको हो भन्दै छ, वार्ता गरेर होस् वा कारवाही गरेर होस् आयात सहज गर्दा भारतले बोल्न मिल्दैन |
राम्रै भयो, कमसेकम अव एउटा नयाशक्तिको लागि बाटो खुल्यो | हामी जनता हौँ | राजनैतिक पार्टी वा नेताहरूका गुलाम होइनौं | २००७ साल देखि हामी निरन्तर साम्यवाद, समाजवाद वा पंचायतका नाममा ठगिंदै आयौं | सबैले हामी जनतालाई प्रयोग गरे | वेदउपनिषदले दिएको आफ्नोपन छोडेर विदेशी राजनैतिक दासत्व अपनाऊदा यस्तै हुन्छ | हामी विदेशी आर्थिक प्रणाली रशिक्षा प्रणालीबाट मुक्त नभएसम्म हाम्रो मुक्ति छैन |
एकजना विदेशमा बस्ने मित्रले भन्नुभयो ‘मोदिजीले नेपाललाई हिन्दूराष्ट्र बनाउन नाकावन्दी गरेका हुन् रे ” यदि यो कुरा सत्य हो भने हामी नेपालीहरू पुन: इन्डियाले थोपरेको हिन्दूत्वमा जिउनु पर्ने छ | नेपाल हिन्दुराष्ट्र बने पनि नेपालीहरूकै पौरखमा र चाहनामा बन्नुपर्छ | इन्डियाले लादिदिएको हिन्दूत्व हामी नेपालीहरूका लागि स्वीकार्य हुनेछैन |
प्रतीक्षा गर्नुहोस् अव नेपालीको पुनरोदय हुँदैछ | नेपालको पुरोत्थान हुँदैछ, प्रतिक्षा गर्नुहोस् !!

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *