gsharan icon

गुरुकुल पद्यतिको खोज गरौँ !

गुरुकुल पद्यतिको खोज गरौँ !


यो शीर्षक नै नमिलेजस्तो पढिएला | नेपाल र भारतमा धेरै गुरुकुलहरू छन् | तर गुरुकुलहरू पूर्ण हुन सकेका छैनन् | “ब्राह्मण बटुकहरू मात्र पढाइने ठाउँ” र “कर्मकाण्ड पढ्ने” पाठशालाको आरोपबाट मुक्त हुनैसकेका छैनन् | नेपाल कै हकमा त गरिवीले पिसिका ब्राह्मण परिवारले आफ्ना बालकहरूलाई गुरुकुलमा पठाउने गरेको तीतो यथार्थ हो |

मैले पद्यतिको खोज गरौँ भनेको यहीं हो | कुनै समय कुलपति, आचार्यहरूको नेतृत्वमा दशौँ हजार विद्वार्थीहरू पढाउने गुरुकुलको ब्यबहारिक शिक्षाको पाटो हराएको छ | दोस्रो शब्दमा, शिक्षाको युरोपेली प्रतिमानले गर्लम्म खाएको छ | युरोपेली प्रतिमानले गुरुकुल पद्यतिलाई थिचेर मन्दिर, गुम्वामा सीमित पारिदिएको छ |

तक्षशीला, नालन्दा जस्ता प्राचीन विश्वविद्यालय संचालन गर्ने क्षमता भएको गुरुकुलीय शिक्षा प्रणाली ब्राह्मण बटुकसम्म सीमित हुनु सम्मान जनक भएन | हामीले अनुसन्धान गरेर पाठ्यक्रम, विषयवस्तु, कक्षा भार, कक्षा संचालन, परीक्षाआदिका प्राचीन पद्यति खोज्नु पर्छ र आवश्यकता परे परिमार्जन गरेर पुन: स्थापित गर्नुपर्छ |

प्राचीन गुरुकुलमा पाठ्य-व्यवस्था कस्तो थियो भनेर बुझ्नु खोज्नै पर्ने भएको छ | अहिलेको शिक्षा-पद्यतिले “मै खाउँ मै बाँचु अरुसव मरून् दुर्वलहरू” भन्ने बाहेक केही सिकाउँन सकिरहेको देखिन्न |

विज्ञताको अर्थ केवल प्रतियोगी हुनु होइन | अहिले शिक्षाले अर्कोलाई निमिट्यान्न पार्ने प्रेरणा दिन्छ | यो विषाक्त क्रियाले समाज, राजनीति, ब्यापार र व्यवहार विग्रिएको छ |

जंगलमा कुटी बनाएर नि:शुल्क शिक्षा दिने ऋषिहरूले पक्कै पनि कुनै प्रकारको प्रतियोगिता गर्नु थिएन | उनीहरूसंग शिष्यहरूको भलो गर्नु बाहेक कुनै लक्ष थिएन | अध्यात्मिकतापूर्ण जीवनशैली र सहअस्तित्वपूर्ण ब्यबहारिक जीवन गुरुकुलीय शिक्षाको उपलब्धि हुनुपर्छ भन्ने विश्वास गर्छु |

तैपनि, हामीले मिलेर गुरुकुल पद्यतिको ठ्याक्कै क्रियात्मक पक्षको खोज गरेर प्राचीन पद्यतिलाई आधुनिक शैलीमा स्थापित गर्ने प्रयत्न गर्दैछौँ | वेद, उपनिषदका श्लोकहरू उच्चारण गर्दै मंगल ग्रहको यात्रा गर्ने बाटो खुल्नै पर्छ |

यदि कसैले गुरुकुल पद्यतिलाई केवल संस्कृत पढ्ने ब्राह्मणहरूको पाठशाला हो भन्ने सोच्नु भएको छ भने आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ | संस्कृत एउटा सम्बृद्ध भाषा हो | जुन भाषाका आधारमा हिन्दी, नेपालीआदि ६४५ भाषाहरू विकसित भएका हुन् | संस्कृत साहित्यमा लगभग २७ हजार पुस्तकहरू लेखिएका छन् |

हो, पूजाआजा संस्कृत मा मात्र होइन नेपाली, हिन्दी जे-जस्तोमा गर्दा पनि हुन्छ | एस्तो प्राचीन भाषाबाट हामीले वर्तमान जीवनशैली सुहाउँदो लाभ प्राप्त गर्नुपर्छ | यो हामीले नै गर्ने हो विदेशीले गर्ने होइन | भाषा सबैको हो, हामी सबैको साझा हो | पद्यति पनि विकसित भएपछि सबैको साझा बन्छ |
हामीले जरोकिलो प्रतिष्ठानका माध्यमबाट यही गरिरहेका छौँ |

हामी अल्पकालीन, माध्यमिक र दीर्घकालीन योजना बनाएर काम गर्दैछौँ | हामी चाहन्छौं, हरेक नेपाली नेपालका स्थानीय भाषामा, अंग्रेजी र संस्कृतमा समानरूपले अधिकार राखोस् | भाषाको रूपमा अहिले संस्कृत चलनमा छैन तर संस्कृतबाट हामी कुनै पनि टाढा छैनौँ | हाम्रो जन्म तथा मृत्यु-संस्कार समेत संस्कृत छ |

अंग्रेजीमा दक्षता प्राप्त गर्नु राम्रो हो | तर आफ्नो मौलिक जीवनशैलीसंग जोडिएको भाषाका विषयमा नजान्नु मुर्खता हो | आफ्नोमा लुकेका राम्रा-नराम्रा तत्थ्य नबुझ्नेहरू बज्र मुर्ख हुन् | तेसमा पनि कुलाधिपति, महाकुलपति, कुलपति, आचार्य र तथा शिक्षकको सुब्यबस्थामा चल्ने गुरुकुल पद्यतिको खोज गर्नु पर्ने र तेसलाई स्थापित गर्ने कर्तब्य हामीसंग जोडिएको छ |

यो शीर्षक नै नमिलेजस्तो पढिएला | भएको विषय किन खोज्नु भन्ने प्रश्न उठ्ला | नेपाल र भारतमा धेरै गुरुकुलहरू छन् | तर गुरुकुलहरू पूर्ण हुन सकेका छैनन् | “ब्राह्मण बटुकहरू मात्र पढाइने ठाउँ” र “कर्मकाण्ड पढ्ने” पाठशालाको आरोपबाट मुक्त हुनैसकेका छैनन् | नेपाल कै हकमा त गरिवीले पिसिका ब्राह्मण परिवारले आफ्ना बालकहरूलाई गुरुकुमा पठाउने गरेको तीतो यथार्थ हो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *