सम्वन्ध
उदय छ वर्षपछि विदेशको जागिरबाट फर्किएको थियो | ऊ आएपछि परिवार असाध्यै खूसी भयो | बालबालिकाहरू छवर्षपछि आफ्ना बालाई भेट्दा औधि रमाएका थिए | नया लुगा, मीठो खाना क्या रमाईलो !!
मिठुमाया पानी खुसी नै थिइन् | उनले आफ्नो लाग्नेको आगमलाई आत्मा, मन र शरीरले स्वागत गरिन् | लोग्ने स्वास्नीका दिन राम्रै वितिरहेका थिए |
केही दिनपछि अचानक लोग्नेको ब्यबहारमा परिवर्तन आयो | ऊ ससानो कुरामा झर्किने, पिट्ने तथा तथानाम गर्न थाल्यो | मिठुमाया केही बुझ्न सकिन |
ज्यादै अत्याचार बढेपछि एकदिन मिठुमायाले रूदै कारण बुझ्न चाहिन् | लोग्नेले “म नभएको बेलामा फलानो मान्छेसंग हिमचिम गर्ने, नाठो खेलाउने अनि, मसंग ठीक्क पार्ने” भनेपछि कुरो बुझिन |
त्यसपछि पनि अत्याचार थामिएन | उनले धेरै सम्झाउने प्रयत्न गरिन् | छिमेकीले पनि कुरै बुझेका थिएनन् | सबैले सम्झाउने प्रयत्न गरे, कारण सोध्ने प्रयत्न गरे, लोग्ने केही बोलेन |
अत्याचार बढ्दै गएपछि उनले आफ्ना दूईबालबच्चा च्यापेर माइत लागिन् | हिड्नेबेलामा लोग्ने उभिएर हेरिरहेको थियो | उसले रोक्ने कोसिस गरेन | बालबालिकाहरू पनि बाबुप्रति प्रेम देखाएन् | गाउलेले पनि रोक्ने प्रयत्न गरेनन् |
बेलुका लोग्ने विस्तारामा सुत्न जाँदा माइत जानेबेलामा मिठुमायाले लेखेर राखेको एउटा चिठी फेला पर्यो | त्यो चिठीमा एस्तो लेखिएको रहेछ |
म तपाईलाई असाध्यै माया गर्छु | जुन मान्छेसंग खगेश्वर दिदीले मेरो मेरो अनैतिक सम्वन्ध छ भनेर तपाईंलाई कुरा लाउनु भएको थियो, त्यो मेरो आफ्नै भाई हो | ऊ हालै सरूवा भएर हेल्थपोस्टमा आएको हो |
मेरी आफ्नै आमाले जन्म नदिए पनि मेरो सौतेलीआमाले उसलाई जन्म दिएकी हुन् | उसले मलाई असाध्यैमाया गर्छ | उसले हाम्रो छोरो प्रेमलाई टाइफाइड बाट जोगाएको हो |
आफै भन्नुस्, म मेरो भाईसंग प्रेम नगरेर को संग गरूँ ? सानैमा आमा वितिन्, बाबाले कान्छी ल्याउनु भयो | मैले तपाईं र यी केटाकेटी बाहेक कसैबाट माया पाइन | के म आफ्नो भाईसंग प्रेम गर्न सक्दिन ? उसलाई तपाईंको घरमा बोलाएर राख्न सक्दिन ?
तपाईंले जे-जस्तो अत्याचार गरे पनि “फलानो मान्छे”संग भनेर कदापि नभन्नु होला | नत्र मेरो भाईलाई ठूलो मानसिक चोट लाग्नेछ”
अरू कुरा आफै बुझ्नु |
……………………..
यो चिठी पढेपछि उदय छाँगाबाट खसेजस्तो भयो | आफ्नो गल्तिका लागि प्रायश्चितका लागि ऊसंग कुनै शब्द थिएन | ऊ आफ्नी श्रीमतीसंग क्षमा माग्न चाहन्छ तर उसको अपराधवोधले रोकिरहेको छ |
कहीं हामीमा पनि एस्तो नहोस् |
