आखिर श्रीकृष्ण रहेछ एक !!

आखिर श्रीकृष्ण रहेछ एक !!

आखिर श्रीकृष्ण रहेछ एक !!

सम्झना र श्रद्धाञ्जली दिंदा महाकवि एउटा प्रवाहशील दार्शनिक हुन् | नेपाली भाषीहरूका लागि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीझैं पनि प्रिय छन् | आज पनि नेपालमा सबैभन्दा सम्मान र चर्चा पाउने साहित्यकार यिनै हुन् | यस्तो चर्चा निरापद छैन किनभने देवकोटाको व्यक्तित्व एस्तै थियो | जसले देवकोटालाई पढ्छ, उसका लागि देवकोटा अनिवार्यझैं हुन्छन् | जतिपढ्यो, जति सुन्यो तेतिनै देवकोटालाई जान्ने र बुझ्ने रहर बढ्छ |
लक्ष्मीप्रसाद देवकोटा (१९०९-१९५९) ले नेपाली भाषाको बहुआयामिक सेवा गरेका छन् | उनी सामान्य परिवारमा जन्मिए, देशको शिक्षा मन्त्री बने र अन्त्यमा अर्वुद रोगले मृत्यु हुँदा सम्म नेपाली भाषा तथा साहित्यको सेवा गरिनै रहे | उनले लेखेका पांचदर्जन कृतिहरू प्रकाशित छन् भने सुनिएअनुसार अझैं पनि अनेकौ पाण्डुलिपिहरू प्रकाशनको प्रतिक्षामा छन् |
मैले जानकारी पाएअनुसार हालसम्म लक्ष्मीप्रसाद देवकोटाको सेरोफेरोमा विद्यावारिधि गर्नेहरूको सङ्ख्या नै २५ नाघिसकेको छ भने स्नातकोत्तरमा लक्मीप्रसाद देवकोटालाई आफ्नो लघुशोधको विषय वनाएर लेख्नेहरू असंख्य छन् र यो क्रम आज पनि थपिंदै छ | स्वदेश तथा विदेशका विद्वानहरूले लक्ष्मीप्रसाद देवकोटाका लेखकीयहरूलाई केन्द्र बनाएर के कति अनुसन्धानपत्रहरू लेखिए तथा प्रस्तुत गरिएको त कुनै लेखाजोखा नै छैन भन्दा पनि हुन्छ |
हरेक वर्ष नेपालीहरूले लक्ष्मी प्रसाद देवकोटालाई सम्झिन्छन् किनभने उनी आजकै दिन जन्मेका हुन् | उनी काठमाडौँ उपत्यकाको औसत परिवारमा जन्मेका थिए | धेरैले लक्ष्मीप्रसाद देवकोटालाई निकै गरिव थिए भन्छन् तर यो भ्रान्तिमात्र हो | उनी राम्रो आम्दानी गर्थे तर मनमौजी भएकाले खर्च गरिहाल्थे | उनी कमलो मनका थिए | कसैले केही मागिहाल्यो भने उनी नाई भन्न सक्दैनथे | यदाकदा आफैले लगाएको कोट समेत उतारेर दिन्थे भन्ने सुनिन्छ | उनले लेखेका साहित्यहरू हेर्दा नेपालको तत्कालीन परिवेशमा उनी आफ्नो समयभन्दा कमसेकम १०० वर्ष अगाडी जन्मेका थिए |
मैले लक्ष्मीप्रसाद देअकोटालाई एउटा दार्शनिकका आँखाले बुझ्ने प्रयन्त गरेको गरेको छु | दर्शनको अर्थ परमतत्वको अनुसन्धान र तेसको निष्पक्ष दर्शन गर्नुहो | लक्ष्मीप्रसाद देवकोटाको दार्शनिक चेतना प्रवाहशील छ | उनी वगिरहेको नारायणी नदी हुन् | उनको दार्शनिक चेत नदीको प्रवाहझैं छ | नदीले आफ्नो स्वरूप भूगोल अनुसार स्वीकार गर्छ | यदि भूगोल नदीका लागि सजिलो भयो धारनै परिवर्तन गर्छ | यदि धार परिवर्तन गर्ने अवकाश भएन भने चट्टान काटेर नदीले आफ्नो बाटो बनाउँछ |
आरम्भमा लक्ष्मीप्रसाद देवकोटाको दार्शनिकता वैदिक चिन्तनसंग सहमत देखिन्छ, दोस्रो चरणमा उनी भौतिकवादी देखिन्छन् भने जीवनको उत्तरार्धमा उनी वैदिक दर्शनको पुनर्जागरण चाहन्छन् र मानवतावादी छन् भने जीवनको अन्तिम क्षणमा उनी परमतत्व श्रीकृष्णमा समर्पित छन् | एउटा मान्छे जसरी प्रकृति वा विचारहरूसंग प्रभावित हुन्छ, लक्ष्मीप्रसाद देवकोटा त्यो भन्दा फरक कत्तिपनि थिएनन् | तर उनले विश्वका हरेक प्रतिमानहरूलाई नेपाली चेतनाले बुझ्ने, देख्ने र स्वीकार गर्ने प्रयन्त गरेका थिए | उनको लागि वैदिक संस्कृति र नेपाल सधैं प्रथमतहमा थिए |
भारतीय विद्वान राहुल सांस्कृत्यायनले महाकविको तेसै प्रशंसा गरेका होइन | नेपालीहरूले भारतीय लेखकहरूको प्रशंसा गरेको थुप्रै पाइन्छ तर भारतीयहरूले नेपाली विद्वानहरूको प्रशंसा गर्न निकै कन्जुस्याइँ गर्छन् | महाकविको दार्शनिक चेत बुझ्नका लागि भारतीय सन्त नेता महात्मा गान्धीको हत्यापछि महाकविले श्रद्धाञ्जली अर्पण गर्दै अंग्रेजी भाषामा रचना गरेको “वापू” पढ्नुपर्छ | महात्मा गान्धीलाई सम्झदा देवकोटाले जीवन, जगत, मानव-जगत र जीवनप्रतिको दृष्टिकोण सहित मानवतावादको गहिरो पक्ष पोषण गरेका छन्

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *