सन् २०१८, अक्सफोर्ड विवि, युके |
दर्शनशास्त्र विभागको कार्यक्रमपछि हामी कफीपानका लागि वाहिर निस्कियौं | दुई जना नेपालीहरूले मलाई पछ्याए | आचार्य र परियार थरका ती व्यक्तिहरू त्यसै विविको सामाजिक शास्त्रका विद्यार्थी रहेछन् |
परिचय भयो नेपालीका नाताले आत्मियता अनुभव गरें | कुराकानीका क्रममा दूवैजनाले नेपाली सामाजिक व्यबस्थाको दोहोलो नै काडे | दलितप्रति गरिएका अत्याचार, महिला प्रतिको भेदभावआदि आदि | उनका कुरा सुनेर म सन्न भएँ | देश र संस्कृतिप्रति उनको विद्रोह अस्वाभाविक लाग्यो |
दूवैको थर आचार्य (बाहुन) र परियार भए पनि असलमा उनीहरू इसाई रहेछन् | दूवै जनालाई कुनै इसाई मिसनले छात्रवृत्ति दिएको रहेछ | आचार्य थरका व्यक्तिले भने “म बाहुन भएर पनि जातिवादको, छुवाछुतको विरोध गर्छु र हिन्दू भएकोमा कुनै गौरव छैन | परियारले भने “दलितलाई कुकुरसरह व्यबहार गर्ने हिन्दूप्रति मेरो कुनै सहानुभूति छैन |
एत्तिकैमा एकजना प्रोफेसरले सोधे “अव त तपाईंहरू इसाई बनिसक्नु भयो, तपाईं हिन्दू धर्मको अंग नै हुनुहुन्न | हिन्दू धर्मको विरोध गर्नुको के कारण हो ? उहाँले दूवैले भन्नुभयो हामी हिन्दू धर्मको भेदभावबाट जनतालाई मुक्त गर्न चाहन्छौं | प्रोफेसरले सोध्नुभयो “तेसो भए तपाईंहरू ती दलित समुदायका मान्छेहरूलाई इसाई धर्म स्वीकार गर्न प्रेरित गर्नु हुँदैन, होइन त ? छुवाछुतसंग असहमत हुनु न्यायसङ्गत लाग्छ तर त्यो धर्मबाट अलग भएका व्यक्तिहरूले छुवाछुतको विरोध गर्नु विरोधाभाष भयो |
जनाले आफ्नो घडी हेर्दै विदा मांगे |
मैले भने “मलाई मेरो संस्कृतिमा गौरव छ | धर्म व्यक्तिगत स्वतन्त्रता हो तर कुनै पनि धर्मले अर्को धर्म-संस्कृतिलाई गालीगलौज गर्नु अनुचित हो | हामीले छुवाछुत उन्मुलनका लागि काम गरिरहेका छौं | छुवाछुतलाई नेपाली कानुनले दण्डनीय अपराध मानेको छ | छुवाछुत अनिचित भएझैं हिन्दूधर्म, संस्कृतिप्रति घृणा फैलाउनु पनि अनुचित नै छ |
असलमा, यी दूवै व्यक्तिहरू मध्ये पहिलोले “म ब्राह्मणबाट इसाई बने भने अन्य जातिहरू त इसाई बन्नुनै पर्छ भन्ने प्रयोजनका लागि र दलित-परियारले दलित मुक्तिको लागि होइन धर्मपरिवर्तन गराउने प्रयोजनका लागि हिन्दूहरूको आलोचना गरेको सजिलै बुझ्न सकिन्छ | आवरण छुवाछुतको विरोध हो भने लक्षचाहिं धर्मपरिवर्तन |
धर्मपरिवर्तन गरेपछि पनि हिन्दू धर्मको आलोचना गर्नेहरू ईश्वरको आराधनाका लागि होइन धर्मपरिवर्तनको लक्ष प्राप्त गर्न प्रयोग भएका साधनमात्र हुन् | नेपालमा यस्ता थुप्रै साधनहरू छन्, जसले हिन्दू, बौद्ध जैन धर्म संस्कृतिप्रति हिनताभाव सृजना गरेर धर्मपरिवर्तन गर्न उक्साउन परिचालित छन् |
कमीकमजोरीलाई सुधार गर्दै जाउँ तर नेपालका मौलिक धर्मसंस्कृति (हिन्दू, बौद्ध, जैन, किरातीआदि)प्रति सधैं उच्च गौरव गरौँ | धर्म परिवर्तन गरेर पलायन भएकाहरूको कुरामा विश्वास नगरौँ | आत्मिक शान्ति प्राप्तिका लागि धर्मपरिवर्तन गरेकाले आफ्ना परमेश्वरको भक्तिमा ध्यान दिन्छन्, धर्मपरिवर्तन गराउने साधन बनेर हिड्दैनन् |
