दलित न पहिचान न जाति नै

दलित न पहिचान न जाति नै

दलित न पहिचान न जाति नै

दलितले लेखेको एउटा कितावले भन्छ :  दलित न पहिचान न जाति नै | वेद, उपनिषद्हरू आजको विभेदकारी दलितवाद कहीं पनि पढ्न पढ्न पाइन्न | एउटा समय विशेषको राजनैतिक शक्तिले ‘जाति’हरूलाई दलित बनायो, दास प्रथा चलायो, सतिप्रथाको जग बसाल्यो |
यी मध्ये दासप्रथा र सतिप्रथाको अन्त्य भयो | ‘दलित’प्रथाको पनि अन्त्य हुनेछ | अव ‘दलितप्रथा’ पनि मृत्यु कै उन्मुख छन् | यस अर्थमा नेपालको सबैभन्दा पिडित समुदाय ‘दलित’ नै हो |
आज दलितप्रथाका लागि ब्राह्मणहरूलाई दोष दिने आन्दोलन दलित समुदायको नभई इसाई-मिसिनरी र पैसाका एनजीओको देन हो | दलित कुनै पहिचान होइन र हुन पनि सक्दैन | एउटा बाहुन जतिधेरै हिन्दू हो त्यसभन्दा एकरत्ति पनि कमि ‘दलित’ छैन | आज अछुत भनेर जानिने समुदायको पनि त्यही नै गोत्र हो जुन एउटा उपाध्यायको हुन्छ |
दलितहरूले आफ्नो ‘गोत्र’को अधिकार प्राप्त गर्नेपर्छ | नेपालका उनीहरू अंशियार र बंशीयार दुवै हुन् | पशुपतिनाथ नाथमा जति अधिकार बाहुनहरूको छ दलितको छैन भन्नेहरू पाखण्डी हुन् | एकै गोत्रका मान्छेहरूको अधिकार अंशियारको हुन्छ |
गोत्रका आधारमा अधिकारको लडाई लड्नेहरू सच्चा योद्धा हुन् | प्राचीन काल देखि नै अछूत विरुद्ध आन्दोलन भएको हो | ऋषि बाल्मिकी, महामुनि वेदव्यास, महर्षि भारद्वाज आदिले कुशल कर्म गरेर ‘ब्राह्मण’हरूले नमन गर्ने स्थान प्राप्त गरेकै हुन् |
अवको बीसवर्षमा एकजना मान्छेले पनि ‘दलित’को पहिचानमा बाच्नु पर्ने छैन | म भन्छु, आज संस्कृत बढाउने विद्यालयहरूमा दलितहरूले अन्य जातसरह पढ्न पाउँछन् | हरेक दलित परिवारले कमसेकम एकजना सन्तानलाई संस्कृत पढ्न पठाओस्, सो ज्ञानका आधारमा आफ्नो गोत्रको आधारमा मन्दिरमा पूजारी, कर्मकाण्डकालागि पण्डितको निर्वाह बहन गर्न सकून् |
एनजीओ र मिसनरीको पैसा पचाउन अन्य जातजातिलाई तथानाम गालीगलौज गर्ने तर अंशियारको अधिकार प्राप्त गर्न गुरुकुलमा आफ्ना बालबालिका पढ्न पठाऊ भन्दा चर्च पठाउनेहरू (दलितहरू) कायर हुन् र दलितपनका मतियार हुन् | शास्त्रीय ज्ञानसंग आउने आजको ‘दलित’ मेरो पहिलो रोजाई हुनेछ| दलित अगुवाहरूले दलितमुक्तिको प्रयत्नशील हुनुपर्छ र भएकाहरूलाई नमन छ तर आफ्नै जरोकिलोको खोजि नगर्ने तर विदेशीहरूले उचालेर आन्दोलन गर्नेको भर गर्न सकिन्न |
‘दलितहरूको संस्कृतिक देश’ (Dalit Nationalism and DALIT) नामक किताव पठनीय छ यद्यपि भारतीय दृष्टिकोणलाई नेपालीआँखाले पढ्नुपर्छ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *