लोकतन्त्र असहिष्णु हुँदैन |

लोकतन्त्र असहिष्णु हुँदैन |

लोकतन्त्र असहिष्णु हुँदैन |

राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् | लोकतन्त्रपछि उनी साधारण नागरिक भएका छन् | लोकतन्त्रपछि देशको प्रमुख सांसदले चुनेको व्यक्ति बन्ने संबैधानिक व्यबस्था छ | डा. रामवरण यादव, विद्या भण्डारी र अहिले रामचन्द्र पौडेल राष्ट्र-प्रमुखको भूमिकामा छन् |
संबैधानिक रूपले नै राजाको भूमिका समाप्त भएपछि राजा ज्ञानेन्द्रले पूर्वराष्ट्र प्रमुखले प्राप्त गर्ने केही सुविधाहरू राज्यले खटनपटनका कारण प्राप्त छन् | एउटा नेपाली नागरिक र पूर्वराष्ट्रप्रमुखका रूपमा अन्य सर्वसाधारणले वर्तमान राजकीय व्यबस्थामा असन्तुष्टी गर्नु बेठीक होइन | पूर्वराष्ट्रपतिहरू एमाले र कांग्रेसका सदस्य भएको नाताले माउँ पार्टी रिसाउँछ कि भनेर बोल्दैनन् | यो सबैले बुझेको कुरा हो |
धेरैजसो शीर्ष नेताहरू र सर्वसाधारणले समेत तत्कालीन राष्ट्र प्रमुख राजा ज्ञानेन्द्रले न्यूनतम क्षतिमा सत्ता त्याग गरेको भनेर सार्वजनिक रूपमा प्रसंशा गरेका थिए र अहिले पनि यदाकदा गर्छन् | पूर्व राष्ट्र प्रमुख भएको नाताले सर्वसाधारण जनताको उहाँप्रति आकर्षण हुनु स्वाभाविक हो | राजाका रूपमा सम्मान गर्ने पनि धेरै जनता छन् | उहाँ गएको ठाउँमा जनताको भीड लाग्नुमा राजालाई दोष दिन मिल्दैन | जनताले राजा ज्ञानेन्द्रलाई राष्ट्रपतिका रूपमा होइन राजाका रूपमा सम्मान गर्नुलाई “गणतन्त्रप्रति अविश्वास” भन्ने मनगढ़न्ते आरोपमा विश्वास गर्नुको कुनै कारण छैन |
एउटा नागरिक, पूर्वराष्ट्र प्रमुखको रूपमा राजालाई देशाटन गर्ने, जनतासंग सम्बाद गर्ने र भेट्न आएका जनताले राजा समक्ष आफ्ना विचार राख्ने अधिकार कुण्ठित गर्नु उचित हुँदैन | साथै, राजालाई भेट्दैमा, आफ्ना कुरा राख्दैमा, नारा लगाउंदैमा गणतन्त्रको अन्त्य गर्ने षड्यन्त्र ठान्नु अपरिपक्व चिन्तन वा आफ्नो अलोकप्रियता लुकाउने प्रयास बाहेक केही होइन |
-लोकतन्त्र वा गणतन्त्र राजा र प्रजा दूवैको लागि हो | राजा ज्ञानेन्द्रले जुन शालीनता पूर्वक सत्ता त्यागेर नागरिक बन्न स्वीकार गरे, सत्तामा आएपछि लोकतान्त्रिक शक्तिहरूले पूर्वराष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई सधैं “प्रमुखशत्रु”का रुपमा व्यबहार गर्न थाले र गरिरहेका छन् | गणतन्त्रवादीहरूको यस्तो रवैया अनुचित हो | पूर्वराष्ट्र प्रमुखका रूपमा राज्यसंचालकहरूले ज्ञानेन्द्र शाहलाई अन्य राष्ट्रप्रमुखहरूझैं औपचारिक कार्यक्रममा निमन्त्रण गरेको भए लोकतान्त्रिक शक्ति र पूर्वराष्ट्रप्रमुखमा सहजता बढ्थ्यो |
लोकतान्त्रिक शक्तिहरूले पूर्वराष्ट्र प्रमुखका रूपमा ज्ञानेन्द्र शाहलाई निषेध गर्ने अदूरदर्शी नीति अवलम्बन गरे | अर्कोतिर, गणतन्त्रका पक्षधर नेताहरूले जनतालाई देखाएका सपनाको पटक्कै पूर्ण गर्न सकेका छैनन् | पार्टीहरूप्रति जनताको अविश्वास र निराशा बढेपछि “राजा आउँ देश बचाउ”जस्ता नारा देखिन र सुनिन थाले | पूर्वराष्ट्र प्रमुखका रूपमा ज्ञानेन्द्र शाहसंग अछुतको व्यबहार गरेपछि आफ्नो असन्तुष्टी पोख्न पनि राजाको कुरा चलेको छ |
-गणतन्त्रवादीहरूले जतिनै “गणतन्त्र”को प्रसंशा गरे पनि जनताहरूको असन्तोष चरम छ भन्ने तत्थ्य बुझेका छन् | यस्तो असन्तुष्टिलाई तुरुन्त समाधान गर्न सकिन्न र राजतन्त्रको पुनस्थापनाले पनि तु. हुने सम्भावना छैन | यस्तो अवस्थामा, राजनैतिक दलहरूले राजावादी र राजासंग शत्रुतापूर्ण व्यबहार गर्नु भन्दा “लोकतान्त्रिक व्यबहार” गर्नु उचित हुन्छ |
राजा र राजावादीहरू विरुद्ध असहमति होला तर यी विरुद्ध विष बमन गरेर, दमन गरेर, असहिष्णु व्यबहार गरेर लोकतान्त्रिक गणतन्त्र सुरक्षित हुने ग्यारेन्टी हुँदैन | शीर्ष नेताहरूकै उमेरका राजा ज्ञानेन्द्रले दलीय नेताहरूको भागबण्डावाद र आफ्नोवादलाई राम्ररी बुझेका छन् | दलका नेताहरूले राजावादीहरूलाई तुच्छ र आफुहरूलाई “मपाई” भन्दैमा सर्वसाधारण जनताले पत्याउने छैनन् | समयमै लोकतान्त्रिक व्यबहार अबलम्बन गरे “लोकतान्त्रिक गणतन्त्र”लाई कम क्षति हुनेछ |
नेपालमा हिन्दूराष्ट्रवादको मुद्दा र समर्थन धेरै बलियो छ | नेताहरूले यो तत्थ्य बुझेका छन् | “दुई मुठी” मान्छे र विदेशीको नजरमा “धर्मनिरपेक्ष” बन्ने पूर्वाग्रह धेरै खतरनाक छ | नेपाल होस् वा भारत धर्मनिरपेक्षताको अवधारणा धेरै आलोचित र गन्हाएको छ | धर्मनिरपेक्षता “मुस्लिम, इसाई”लाई खुसी पार्न लादिएको अवधारणा हो भन्ने व्यापक बुझाई छ | अर्कोतिर, हिन्दूराष्ट्रका सवालमा जनताहरू पार्टीको झण्डा त्यागेर उभिने सम्भावना छ | यस्तो अवस्थामा, “लोकतान्त्रिक गणतन्त्र”को स्थापना नै हिन्दुहरूको अस्तित्व मेटाउन भएको हो भन्ने स्थापित भएको दिन “नेताहरूका लागि” विपत्ति हुने छ | ८१.३% प्रतिशतको हिन्दू बहुमतलाई बूढा हुँदै गरेका समाजवादीहरूले जोगाउन सक्ने छैनन् |
धर्मनिरपेक्षतासंगै गणतन्त्र वदनाम हुनुको मुख्य कारण “धर्मपरिवर्तन” हो भने कट्टरपन्थी मुस्लिम र इसाईहरू धर्मनिरपेक्षताको छातामा ओत लाग्नु र हिन्दूहरूलाई “कट्टरपन्थी”को बिल्ला भिराउनु हो | विश्वको राजनैतिक इतिहासमा मुस्लिम र इसाईहरू धर्मनिरपेक्ष हुँदैनन्” भन्ने सत्य कसैले लुकाउन सक्दैन | एकातिर धर्मनिरपेक्षको नक्कल गर्ने अर्कोतिर धर्मपरिवर्तन गराउने ! जनतालाई राजनैतिक दलहरूले सधैं अबुझ ठान्न हुँदैन |
नेताहरू अलोकप्रिय हुनुमा उनीहरूको अलोकतान्त्रिक व्यबहार र जनतालाई सधैं झुक्याउने बेहोरा नै जिम्मेदार छ | लोकतन्त्रको सम्मानजनक र विश्वासिलो उपस्थितिका लागि पूर्व राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई सम्मानित व्यबहार गर्नुपर्छ भने हिन्दूवादीहरूसंग असहिष्णु व्यबहार देखाउनुको सट्टा सम्बादको बाटोमा हिड्नुपर्छ | लोकतान्त्रिक गणतन्त्र आफैमा “विचार”मात्र हो | यो आफै जोगिने वा मर्ने होइन | जनताको विश्वास गुमाएको क्षण संबिधान, लोकतान्त्रिक गणतन्त्रजस्ता आजका सम्मानित शब्दहरू तुच्छ हुने छन् | मैले बुझेको कुरा लोकतन्त्रमा कुनै विचार, कुनै व्यक्ति अछुत हुँदैन | एत्ति बुझे धेरै परिवर्तन हुन्छ |
-स्वस्त्यस्तु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *