तपाईंले कतिबटा किताव पढ्नु भयो ?
मैले आजसम्म कति किताव पढें ? ठ्याक्कै भन्न सक्दिन | सायद २० हजार, २५ हजार ! ती मध्ये धेरै कितावभित्र पढिएका विषयहरू पनि याद छैनन् | मैले कितावहरू मनोरंजनका लागि पढें | केही कितावहरू कसैले “राम्रो छ” भनेकोले पढें | कति किताव नयाँकुरा जान्न र ती कुरा अरूलाई सिकाउने उद्देश्यले पढें | कति कितावहरू आत्मसंतुष्ठीका लागि पढें | केही किताव विद्यार्थीलाई सिकाउँनका लागि पढें | केही कितावहरू समय काट्न पढें | केही कितावहरू एकदुई पाना पढेर दराजमा थन्क्याए | केही कितावहरू धेरै पटक पढें |केही किताव विना उद्देश्य पनि पढें | आज पनि मेरो किताव पढ्ने यात्रा जस्ताको तस्तै छ | कुनै पुस्तक पसलमा, पुस्तकालयमा वा साथीको घरमा किताव देख्यो कि त्यो किताव पढ्ने रहर लाग्छ | त्यी किताव आफुसंग हुँदा बेस हुन्थ्यो जस्तो लाग्छ | मैले बुझ्नै नसक्ने टेक्निकल कितावहरू बाहेक सबै किताव आफ्नो दराजमा सजाएर राख्न मन लाग्छ | म यस्तै छु |
पढ्ने वानी अचम्मको हुन्छ | पढ्ने वानीले कसैलाई कुभलो गर्दैन | आफ्नो पनि कुभलो गर्दैन | नपढ्ने मान्छेहरूका लागि पढ्ने मान्छे अचम्मको वानी हुन्छ | धेरै पढेको देख्दा सम्मान त गर्छन् व्याबहारिक मान्छे ठान्दैनन् | हो पनि, मैले आफ्नै श्रीमतीबाट धेरै पटक “सचेत हुन पर्ने सल्लाह” पाएको छु | किताव नै पढ्ने वानीले होला छुच्चो हुन सक्दिन र धेरै पटक ठगिएको छु | तर मनले मान्दैन | किताव भेट्यो कि पढौं, पढौं लाग्छ | बरू घाटा सहन तयार तर किताव छोड्न न तयार ? धेरै पटक एस्तो भएको छ |
मैले आफैसंग प्रश्न गर्छु, एतिधेरै किताव पढेर यदि विषयवस्तु याद छैन भने पढेको के काम ? हो, मैले धेरै कितावहरूको विषयवस्तु समेत विर्सेको छु | ठ्याकै मैले पढेको संस्करण फेला देखें भने “ओहो ! यो किताव त मैले पढेंको छु नि ?” भन्ने याद आउँछ | कितावका भीडमा मैले आफुले एकपटक पढेको किताव पक्कै चिन्छु | किताव चिनेपछि कुइरोझैं त्यसमा विषयवस्तुहरू याद आउछन् | म खुसी हुन्छु, १२ वर्ष हराएर भेटिएको आफन्तझैँ मेरो मनलाई शान्ति मिल्छ | धेरै वर्षपछि भेटेको साथीझैं लाग्छ |
आज पनि म किताव पढ्छु | पढ्न मन लाग्छ पढ्छु | मैले पढेका कितावहरूले मभित्रको मान्छेमा भावना, बुद्धि, निर्णय गर्ने तौरतारिक, सामाजिक, धार्मिक, सांस्कृतिक राजनैतिक प्राणीका रूपमा चाहिने धेरै “कुरा” भरेको छ | मलाई, पढेका कितावहरूको विषयवस्तु याद न भए पनि मेरो जीवनशैलीमा भने तिनै विषयवस्तुका प्रभावहरू छरपस्ट छन् | मेरा भावना, अनुभूति, जानकारी, मेरो सम्बन्ध र मेरो “म”मा कितावहरू छरिएका छन् |
तेसैले म भन्छु, किताव पढ्दै गर्नुस् | नदीको हर प्रवाह नया हुन्छ र स्वच्छ हुन्छ तेसैगरी हरेक कितावले ज्ञानरुपी नदीमा पानी थप्ने काम गर्छ | नदीको पानी बगेर जहाँ गए पनि त्यो सुक्दैन | तपाईंलाई निराशाको कालोवादल, आत्तुरीको खहरेखोला र तनावको सङ्कटले थोरै प्रभावित पार्ने छ | किताव नपढ्ने मान्छे प्राकृतिक किताव हो भने किताव पढ्ने मान्छे प्राकृतिक र अतिप्राकृतिक दुवैको एकीकृत रूप हो |

