बुद्ध !

बुद्ध !

बुद्ध !

महामति बुद्धका एक शिष्यले भने ‘’प्रभु ! मैले केही निवेदन गर्नु छ”
बुद्ध: के भन्नु छ ?
शिष्य : मैले लगाएका लुगाहरू निकै पुराना भैसके, अर्को ब्यबस्था मिलाइदिनु हुन्छ कि ?
बुद्धले शिष्यका शरीरमा रहेका कपडा हेरे | ती निकै पुराना रहेछन् | एक जना धनिकसंग उक्त शिष्यलाई नया बस्त्र दिन आदेश दिनुभयो | धनिकले लुगा दिए |
केही दिन पश्चात् पुन: बुद्ध निज सेवकका घर पूगे |
बुद्ध : नया कपडाले काम गरिरहेकै होलान् ? अरू केही चाहियो कि ?
शिष्य: धन्यवाद प्रभु . मलाई यी कपडाहरू पर्याप्त छन्, मलाई अरू केही चाहिन्न .
बुद्ध: अब तिमीसंग नया कपडा छन्, पूराना कपडाहरूको के भयो नि ?
शिष्य: मैले ती कपडाहरू ओढ्न प्रयोग गरिरहेको छु
बुद्ध: त्यसो भए पुरानो ओढ्ने के गर्यौ त ?
शिष्य: मैले त्यसलाई झ्यालमा पर्दाको रूपमा प्रयोग गरिरहेको छु | .
बुद्ध: फेरी त्यो पुरानो पर्दाको के भयो ?
शिष्य: मैले त्यस पर्दालाई च्यातेर भान्सामा तातो भाँडा उठाउने काममा प्रयोग गरिरहेको छु
बुद्ध: भान्साका पुराना लुगाको कस्तो प्रयोग भैरहेको छ त ?
शिष्य: मैले तिनको प्रयोग भुई पुछ्न गरिरहेको छु .
बुद्ध: त्यसो भए पुरानो पोछोको के प्रयोग हुँदैछ ?
शिष्य: प्रभु ! त्यो निकै फाटिसकेको थियो | अन्य काममा प्रयोग गर्न सकिने अवस्था रहेन र त्यसैले मैले त्यसलाई स-सानो बनाएर च्यातें | हिजो हजुरको कोठामा बलिरहेको दियो त्यै पोछाबाट बनेको हो |
भगवान् बुद्ध आफ्नो शिष्यले कुनै पनि बस्तु अनाबश्यक रूपमा नाश न पार्ने जानेर निकै प्रसन्न भए | बुद्धले भने ‘तिमीले बुद्धत्व प्राप्त गर्ने छौँ |
मित्र ! यस प्रसंगबाट हामीले हरेक बस्तुको अन्तिम समयसम्म प्रयोग गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ | प्राकृतिक साधनहरूको अनावश्यक प्रयोग रोकेर वा समुचित प्रयोग गरेर प्रकृति संरक्षणमा योगदान पुराउन सकिन्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *