तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

नाम संकीर्तन कलियुगका लागि सबैभन्दा सजिलो, मन पर्ने तथा जो कोहीले पनि अबलम्बन गर्न सक्ने साधना हो | श्रीमद्भागवतको अन्तिम अध्यायको अन्तिम श्लोकमा समेत “नाम संकीर्तनम् यस्य सर्वपाप प्रणाशनन्” हरिनाम संकीर्तनमा सम्पूर्ण पापहरूको नाश गर्ने शक्ति छ” भनेर प्रतिज्ञा गरिएको छ | नाम संकीर्तनका ९ बटा विधिहरू छन् |
शास्त्रहरूले कलियुगका लागि “नाम संकीर्तन” गर्ने आदेश दिएको छ | उपासकले आफ्ना इष्टदेवको नाम लिन सक्छन् | नाम संकीर्तनका लागि कुनै पनि कर्मकाण्डको आवश्यकता हुँदैन | मनमा प्रेम उत्पन्न हुँदासाथ ज-जस्तो अवस्थामा भगवान् को नामको श्रवण, गायन, स्मरण, पाद-सेवन, अर्चना, वन्दना, दास्य, मित्रता तथा आत्मनिवेदन गर्न मिल्छ |
आफ्ना उपास्य अर्थात् शिवपार्वती, सीताराम, राधाकृष्ण, लक्ष्मीविष्णुआदिको प्रेमले नाम लिए पुग्छ | तर शास्त्रले शिव, विष्णु, कृष्ण, राधा, लक्ष्मी, पार्वतीआदिको एक्लाएक्लै नाम लिन निषेध गरेको छ | गौरतेज अर्थात् शक्ति रहित यदि कसैले कृष्णतेज अर्थात् (राम कृष्णआदि) मात्रै नाम ग्रहण गर्छ भने त्यो व्यक्ति नर्कमा पर्छ भनेर कीटान गरेको हुँदै नाम संकीर्तन गर्दा शक्ति तथा शक्तिवान् (राधा र कृष्ण) दूवैको ग्रहण गर्नुपर्छ |
-नाम संकीर्तनको प्रसंग उठान गर्दैगर्दा “अप्रगतिशील विचार” भन्ने भाव पनि केही पाठकहरूको मनमा आउन सक्छ | तर एसो एकछिन मनन गरौँ त ! आजको मानिस कतिधेरै मानसिक तनावबाट गुजि्ररहेको छ | मानसिक तानवबाट मुक्ति प्राप्त गर्ने नाममा “प्रगतिशील मोडर्न”हरू विभिन्न लागुपदार्थहरूको उपयोग गर्छन् | प्राकृतिक निन्द्रा विगारेर “डान्स-वार”मा धाउछन् | स-सानो आनन्द (खुसी)का लागि धेरै परिश्रम गर्छन् | गायन गर्नु र सुन्नु – यी दुवै कुरा मानसिक तनाव न्यून गर्ने सबैभन्दा पत्यारिला मध्यम हुन् भन्ने तत्थ आधुनिक मनोवैज्ञानिक खोजले सिद्ध गरेका छन् |
एकसुका पनि खर्च नगरी, घरपरिवारसंग मिलेर निर्धक्कसंग उपयोग गर्न सकिने क्रियाकलाप नै “नाम-संकीर्तन” होइन र ? हामी तपाईंले मन्दिर/कथा प्रबचन तथा अन्य धार्मिक आयोजनाहरूमा बडो तन्मायताका साथ गाउँदै नाच्दै गरेका महिला तथा पुरुषहरू देखेका छौ | आधुनिकता र प्रगतिशीलताका नाममा अनेकौं लागुपदार्थ तथा कान च्यातिने सङ्गीतले मानसिक तनाव न्यून हुँदैन | यदि हामी मानसिक तनावबाट उन्मुक्ति चाहन्छौं भने कीर्तनको रैथाने क्रियाकलापमा सरिक हुनुपर्छ | खैजडी भजन, रोइलाआदि नेपालका आफ्ना रैथाने नाम-संकीर्तनका विधि हुन् |
हाम्रा पुर्खाहरूले कठीन जीवन विताएका थिए | उनीहरूले त्यस कठीन अवस्थाबाट उत्पन्न मानसिक तनाव व्यबस्थापन गर्न रोइला, चुटकिला, खैजडी भजनआदिको विकास गरेर सामुहिकरुपमा नामसंकीतनको व्यबस्था गरेका हुन् | नाम-संकीर्तनमा गायन, वादन, नृत्य, तथा पारिवारिकजनहरूको मिलन तथा अन्यमा सहभोजन हुने हुँदा, आधुनिकताले बढाएको मानसिक तनाव व्यबस्थापन गर्न धेरै मदत गर्छ |
कीर्तनले मानसिक तनाव मुक्ति दिनुका साथै नृत्य तथा वादन गरिने हुँदा शारीरिक स्वास्थ्यलाई पनि राम्रो गर्छ | यदि आफ्नै रैथाने पद्धतिहरूको उपयोग गरेर मानसिक स्वास्थ्य, शारीरिक तथा पारिवारिक स्वास्थ्य पाइन्छ भने “रौसी”मा मानसिक शान्ति खोज्ने आधुनिकताको कुनै अर्थ छैन | आधुनिक हुनु राम्रो कुरा हो तर आधुनिकताको दौडमा मानसिक तथा शारीरिक स्वास्थ्य गुमाउनु रामो होइन | कीर्तनको आध्यात्मिक संसारमा फर्किंदा रक्सी, कमसल सङ्गत तथा असामाजिक व्यबहार छुट्ने हुन् | कीर्तन गर्नेले कार चढ्न छोड्नु पर्दैन बरू रौसी भने छोडे हुन्छ | रौसीले स्वर्गको बाटो खुल्दैन तर नामसंकीर्तनले स्वर्गको बाटो पनि खुल्छ |
यहाँ सबैले जान्नु पर्ने र मनमा राख्नु पर्ने विषय के हो भने कीर्तनको अर्थ गायन नै हो | गायनद्वारा ईश्वरको आराधना गर्ने पद्धति वैदिक हो | वेदका ऋचाहरू देखि लिएर आजभोली रचना गरिने संस्कृत वा नेपालीका कविताहरू पनि छन्दमा हुन्छन् | छन्दको अर्थ नै गायन गर्न (कीर्तन) गर्ने मिल्ने व्यबस्था हो | तेसैले हरेक दिन आ-आफ्नो इष्टदेव/देवीको नाम संकीर्तन अवश्य गरौँ |
हरेकृष्ण हरेकृष्ण कृष्णकृष्ण हरेहरे | हरेराम हरेराम रामराम हरेहरे ||
राधेकृष्ण राधेकृष्ण कृष्णकृष्ण राधेराधे | राधेश्याम राधेश्याम श्यामश्याम राधेराधे |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *