खुसीको संसार !
संसार खुसीको घर हो | यहाँ जताततै खुसी छरिएको छ | जन्म लिनु सुख हो | हुर्किनु सुख हो | पहिलो लुगा सुख हो | पहिलो मित्रता सुख हो | पहिलो बोली सुख हो | पहिलो अक्षर सुख हो | पहिलो अक्षर सुख हो | विद्यालयको पहिलो दिन सुख हो | त्यसपछिका दिनहरू सुखै सुख हुन् |
बाबाको बोली सुख हो | आमाको माया सुख हो | दाजुको माया सुख हो | दिदीको पुकार सुख हो | विद्यालयका साथीहरू | विद्यालयका गुरू/गुरूआमाहरू | छिमेकीहरू | साथीहरू | सहपाठीहरू सबै सुख हुन् |
केटाकेटी खेलेर सुखी हुन्छन् | आमावा हेरेर सुखी हुन्छन् | केटाकेटी सिकेर खुसी हुन्छन् | आमावा सिकाएर खुसी हुन्छन् | बूढाबूढीहरू आदेश दिएर खुसी हुन्छन् | जताततै खुसी छन् | छरिएका छन् | केवल जान्नु पर्छ | चेतनाको आँखा खोलेर बुझ्नुपर्छ | ज्ञानमा आनन्द छ | सङ्ग्रहमा भन्दा त्यागमा खुसी छ |
प्रेमिकासंग पहिलो भेट सुख हो | प्रेमीसंग पहिलो बसाई सुख हो | पतिले पत्नी भेट्नु सुख हो | पत्नीले पति भेट्नु सुख नै हो | पतिपत्नी संगै बसेर गफ गर्नु सुख हो | संगै खानु सुख हो | संगै हिड्नु, | जिस्किनु | मस्किनु? अल्हारिनु | काम गर्नु | एकअर्कालाई भोग्नु | सबै सुख नै हुन् |
मोबाइलमा हेलो भन्नु सुख हो | मोबाइलबाट हजुरआमासंग गफ गर्नु सुख हो | पहिलो कम्प्युटर खोल्नु | जानीनजानी किबोर्ड चलाउनु | प्रोग्राम खुल्दा दंग पर्नु | यी सबै खुसी हुन् | मोटरसाइकलमा चढ्नु | कारमा शयर गर्नु | बसमा यात्रा गर्नु | पहिलोपटक हवाईजहाज चढ्नु | विदेशको सहरमा टेक्नु | मलमा मुभी हेर्नु | चटपटे खानु | उदेश्य विना रमाइलो संग हाँस्नु | अरूलाई हँसाउनु | सबै खुसी हुन् | हरेक क्षण हरेक पल खुसी नै बगिरहेको छ | यो संसार | यो शरीर, यो परिवार | यो प्रकृति | यो जीवन | सबै खुसी नै हुन् | सबैभन्दा महत्वपूर्ण कुरा | मेरो अस्तित्व नै खुसीको भण्डार हो |
पहिलो सन्तान सुख हो | त्यसको हरेक मुस्कान सुख हो | बाबुआमाका हरेक उपदेश सुख हुन् | साथीका जिस्काई सुख हुन् | आमाका उपदेश सुख हुन् | हजुरबाका आशिर्वाद सुख हुन् | हजुरआमाको माया झन् सुख नै हो |
बाल्यकाल सुख हो | किशोर/किशोर अवस्था सुख हो | यौवन त झन् सुखकै खानी हो | भोजनको हरेक गाँस | पानीको हरेक घुट्को | फलको हरेक चना | फुलको बासना | वर्षाको माटोको सुगन्ध | सबै सुख नै हुन् |
कितावका हरेक पानाहरू | यात्राका हरेक पाइलाहरू | दिनको अन्त्यका विस्ताराहरू | दिनको आरम्भका जागृतिहरू | विहानको सूर्यकिरण | बेलुकाको चन्द्रमाको प्रकाश | टाढाटाढाका तारा देख्दाको आनन्द | गर्मीको हावा | जाडोको न्यानो | सबैतिर सुखैसुख छ |
जीवन उर्जावान नृत्य हो | नृत्य सुख हो | कथाका हरेक हरफहरू सुख हुन् | भोगाईका हरेक अवस्थाहरू सुखका द्वार हुन् | धर्म सुख हो | ज्ञान सुख हो | क्षमा सुख हो | विद्या सुख हो | पवित्रता सुख हो | सङ्गीतको हरेक स्वर सुख नै हो | सुखको उर्जालाई दु:खमा खर्चन सकिन्न |
छोराछोरीको माया | दान दिंदाको गौरव | प्रशंसा सुन्दाको आनन्द | इच्छा पुग्दाको अनुभूति | छोराछोरीसंग हार्दा | पत्नी/पतिसंग मस्किंदा | मन्दिरको प्रसाद खाँदा | ५० वर्षको उमेर भोग्दा | सबैतिर सुख छ | आनन्द छ |
जीवन सुख हो | प्रकृति सुखको स्रोत हो | प्रौढ अवस्थाको मान सुख हो | वृद्धावस्थाको सम्मान आनन्द हो | जीवन ठाडो रेखा हो | यो आनन्दको अधान हो | जीवनका हरेक क्षणमा | हरेक घडीमा | हरेक दिनमा | हरेक हप्तामा | हरेक वर्षमा | सुखनै सुख भरिएका छन् | सुखको धारा बगिरहेको छ |
दु:ख पनि छ | निरानंद पनि छ | तर ती साना छन् | ह्वात्त आउँदा दुखेजस्तो हुन्छ | सुखको लागि नया ढोका खोल्छ | हरेक दु:खको आगमनले | दु:खको सानो थप्पडले | दु:ख सानो अनुभूतिले | नयाँ सुख फर्किन्छ | दु:खले तर्साउँछ | सु:ख धैर्य दिन्छ |
धैर्य नै जीवन हो | जीवन नै धैर्य हो | जीवन नै सुख हो | जन्म सुख हो | यसले संसार दिन्छ | जीवन सुख हो | यसले सम्बन्ध दिन्छ | जीवन सुख हो यसले अनुभव दिन्छ | वृद्धावस्था सुख हो | यसले इतिहास लेख्छ | पुस्तान्तरण गर्छ | सम्मानको स्वाद चाख्छ | अन्तत: मृत्यु पनि सुख नै हो | यसले दु:खको अन्त्य गर्छ | दु:खको क्षणिक थप्पडको डरलाई समाप्त पार्छ |
जीवन सुखमय छ | दु:ख आकस्मिकता हो | आकस्मिकता कुर्नेहरूले दुख भेट्छन् | निरन्तरतासंग रमाउनेहरूले सुख पाउँछन् | दु:ख दृष्टिकोण हो | सुख जीवनको बास्तविकता हो | बास्तविकतासंग प्रेम गरौँ | आकस्मिकतासंग न डराउँ | डर हट्यो | जीवन सुख भयो | किनभने जीवन नै सुख हो | रोगहरू अवस्था हुन् | अवस्थाको अन्त्य हुन्छ | जीवनमा विश्वास गर्नेले | मृत्युसंगै अनन्त सुख प्राप्त गर्छन् | मृत्युलाई सुखको रूपमा स्वागत गर्छन् | जीवनकी दु:ख ठान्नेहरू मृत्युसंगै अनन्त दु:खमा प्रवेश गर्छन् |
यो खुसी सुख हो | यो खुसी आनन्द हो | यो रमाइलो हो | यो खुसी जीवनको सर्बोत्तम उपलब्धी हो | केही आफैभित्र खुसी हुन्छन् | केही अर्कोसंग खुसी हुन्छन् | केही परमात्मासंग खुसी हुन्छन् | केही मानवसंग खुसी हुन्छन् | सबैका खुसी फरकफरक हुन्छन् | जुन खुसी हुन्छन् | ती सुखी हुन्छन् | ती सबै आनन्दित हुन्छन् |
अन्त्यमा, दु:ख तपाईंको अनुभूति हो | जुन धेरै बनाइएको छ | सुख हाम्रो जीवन हो | जुन क्षणस्थायी लाग्छ | सुखलाई थोरै देख्ने दृष्टिकोण बदलौं | यहाँ जताततै आनन्दमात्र देखिने छ | निर्भय, निर्वैर, विश्व बन्धुत्व – यी सबै आनन्दका स्रोत हुन् | हामीसंग आनन्द छ र हामी आनन्दमय छौँ | यही गरिमा हो | यही सत्य हो | सत्यको बाटो हो |

