को-को नर्कमा पर्छन् ?

को-को नर्कमा पर्छन् ?

को-को नर्कमा पर्छन् ?

श्रीमद्भागवद्-गीता सनातन धर्मको एकमात्र सर्वमान्य ग्रन्थ हो जुन वेद, उपनिषद तथा पुराणहरूको सार खिचेर श्रीकृष्णले अर्जुनका लागि उपदेश गर्नुभएको थियो | श्रीमद्भगवद गीताले मानवमात्रको कल्याणको संदेश दिन्छ | श्रीमद्भगवद्-गीता असली र एकमात्र मानवशास्त्र हो जसले मनुष्यलाई धर्म, अर्थ, कामसहित मोक्षको प्रत्याभूति (guarantee) दिन्छ | आज देशमा बुझेर, नबुझेर वा प्रलोभनमा परेर धर्मपरिवर्तन गरिरहेका छन् | धर्मपरिवर्तन गर्ने र गर्न चाहनेहरूले श्रीमद्भगवद्-गीतामा श्रीकृष्णले अर्जुनलाई दिएका निम्न बचनहरू अवश्य पढ्नुपर्छ | बाइबल पढ्नु राम्रो हो, कुरान पढ्नु राम्रो हो तर आफ्नो धर्मशास्त्र नपढी अर्काको कुरामा विश्वास गर्नु र आफ्नो धर्मग्रन्थ पढ्दै नपढ़नु अन्धविश्वास हो | एकपटक गीताका निम्न बचनहरूको मूल्यांकन गरौँ –
(१) संसाररुपि युद्धमा हरेक व्यक्ति जीवनयुद्ध जित्नका लागि निरन्तर सङ्घर्षरत छ, जसले “ममा मनलगाउंदै समस्त कर्मलाई ममा अर्पण गर्दै ढुक्क भएर जीवनरूपि युद्ध लड” (गीता ३/३०) भन्ने श्रीकृष्णको बचन हुँदाहुँदै पनि धर्मपरिवर्तन गरेर अर्काको धर्मकर्ममा लाग्छ, उसको लागि नर्कको स्थायीवास पक्का छ |
(२) “जसले म सर्वेश्वरको बचन मान्दैनन् र अन्य (विदेशीशास्त्र)हरूमा विश्वास गर्छन् ती पटमूर्खहरू (धनसम्पति वा अन्य प्रकारका लोभमा परेर मोहित भएका हुन्) हुन् ती सधैंका लागि नष्ट हुन्छन् ” भनेर सर्वेश्वरले चेतावनी दिंदादिंदै पनि धर्मको बाटोमा चल्दैनन् भने तिनको लागि नर्कको ढोका खुला हुन्छ |
(३) अरूको धर्म राम्रो, असल र सुखसुविधाले भरिपूर्ण भए पनि आफ्नै धर्म (सनातन बौद्ध जैन) नै सबैभन्दा उत्तम छ | बरू स्वधर्ममा मर्नु तर डरलाग्दो अर्काको धर्म स्वीकार नगर्नु (किनभने ती कविलाई नियम हुन्, मोक्ष प्राप्तिका लागि होइनन् ) भनेर प्रष्ट रूपमा सर्वेश्वर श्रीकृष्णले भन्दाभन्दै पनि धर्मपरिवर्तन गर्छ भने त्यो नर्कको यात्री हो |
(४) वैदिक सनातन धर्म सर्वेश्वर परमात्मा निर्माण गरेर सबैभन्दा पहिले सृष्टिकर्ता ब्रह्मालाई उपदेश दिनु भएको, ब्रह्माले सूर्यलाई र सूर्यले मनुलाई उपदेश दिनुभएको थियो र बीचमा कुनै कारणवस हराएपछि पुन: मश्रीकृष्ण (सर्वेश्वरले) तिमीलाई दिंदैछु | (यही नै मानवमात्रको लागि धार्मिकता हो) यो धर्म भन्दा महान् अरू केही छैन (४/१-३) भन्दाभन्दै पनि सर्वेश्वरको आज्ञाको उलंघन गरेर मान्छेले स्थापित गरेका पन्थहरूलाई मोक्षको साधन ठानी अन्धविश्वास गर्छ भने उसको भाग्यमा नर्कको अनन्त आगो नै छ |
(५) कहिल्यै नजन्मिने आजन्म, सबैको आत्माभएर पनि मनुष्यको जन्म धारण गरेर हराएको वास्तविक धर्मको स्थापना गर्छु, धर्मको दिव्य स्वरूप प्रकट गरेर (सबैलाई सनातन धर्मका विनम्र अनुयायी बनेर मोक्ष प्राप्त गर्न प्रेरित गर्छु) भन्ने सर्वेश्वर श्रीकृष्णका बचनहरूमा विश्वास नगरेर छोरा, दूतआदिको कुरामा विश्वास गरेर आफ्नो सनातन धर्म त्याग्छन् भने ती सबैको लागि नर्क निश्चित नै छ |
(६) “मेरो जन्म र कर्म दूवै दिव्य छन् | मैले स्थापना गरेको सनातन धर्म अतिदिव्य छ र जसले यो धर्ममा आस्थावान् भनेर सनातन धर्मको पालना गरेर ती सबै पवित्र भएर मसंग आएका थिए (गीता ४/९-१०) | (सनातन धर्मको पालनले मोक्ष प्राप्ति पक्का छ किनभने राग भय र क्रोध रहित भएर सनातन धर्मको पालन गरेका अनेकौं ऋषिहरूले मोक्ष प्राप्त गरेको इतिहास छ) र जसले सनातन धर्मको पालना गर्छ उसले मेरो प्राप्ति गर्छ” भन्ने कृष्णका बचन सुन्दासुन्दै पनि विश्वास नगरे अर्काको धर्म स्वीकार गर्छ उसले आफ्नो कर्मको फल (नर्क) प्राप्त गर्दा मलाई कुनै दया लाग्दैन |
(७) संसारभरिका मान्छेलाई मैले चारप्रकारका गुण र कर्मका आधारमा निर्माण गरेर संसारमा पठाएको छु | उनीहरू आफ्नो धर्म र कर्म वारे निर्णय गर्न स्वतन्त्र छन् | सर्वेश्वर श्रीकृष्णले सनातन धर्मको स्वरूप र धार्मिकताको विषयमा सर्वसाधारणलाई कुनै प्रकारको असजिलो नहोस् भनेर (गीताको उपदेशका आधारमा) धर्मको वास्तविक स्वरूप बताएको हो | (गीता ४/१३-१४) जसले यो उपदेशको प्रयोजनलाई नबुझेर विधर्मको शरण लिन्छ, उसका लागि अनन्तकालीन नर्क तम्तयार छ |
(८) “अज्ञान, प्रलोभन वा अन्य कारणले स्वधर्म त्यागेर अन्य पन्थमा लागेको भए पनि (गीताले वर्णन गरेको सनातन धर्मको वास्तविक स्वरूपलाई बुझेर पुन: स्वधर्ममा फर्केर आजीवन यसको पालन गर्छ भने) अग्निले सबै वस्तुलाई खरानी बनाएझैं उसका सम्पूर्ण पापहरू नष्ट गरेर मोक्ष प्रदान गर्ने काम मेरो हो” (गीता ४/३६-३७) भन्ने सर्वेश्वर श्रीकृष्णको उदार प्रतिज्ञा सुनेर पनि पुन: सनातन धर्मका नियमहरू पालन गर्नतिर अग्रसरता लिंदैन भने सम्पूर्ण नर्क तिनैका लागि हुन् |
(९) जसले मेरो उपदेशमा विश्वास गरेर सनातन धर्मका नियमहरू पालना गर्छ उसले सर्वत्र मेरो दर्शन गरिरहेको हुन्छ र मैले पनि हरहमेशा उसको हेरविचार गरिरहेको हुन्छु | उपासक र सर्वेश्वर बीच कुनै पर्दा हुँदैन (गीता ६/३०) भन्ने सर्वेश्वरको बचनको अनादर गरेर मानव निर्मित तथा काल्पनिक इर्ष्यालु परमेश्वरहरूमा विश्वास गर्छन्, ती नर्कमा जाने पक्का छ |
(१०) जसले अत्यन्त श्रद्धा र विश्वासका साथ (मैले निर्माण गरेको र उपदेश गरेको) सनातन धर्म नियमहरूको पालन गर्छ , उसले सजिलैसंग मेरो प्राप्ति गर्छ भन्ने सर्वेश्वर कृष्णको प्रेम नबुझेर विदेशी धर्म स्वीकार्छ, उसले आफ्नो लागि नर्कको आगो आरक्षित (reservation) गरेको छ भनेर बुझ्नु पर्छ |
(११) बिश्वब्रह्माण्डको निर्माता को हुन् ? भन्ने विषयको प्रश्न सधैंका लागि अन्त्य भएको छ | सर्वेश्वर श्रीकृष्णले प्रष्ट रूपमा “यो प्रकृति मैले नै सृजना गरेको हो | यी सबै प्रकृतिको उत्पत्तिकर्ता र मूलकारण म नै हुँ | म बाहेक विश्वमा अरू केही छैन (सर्वेश्वर) केही छैन र मसंग नै सबै थोक जोडिएको छ (गीता ७/६-७)| भनेर अनेकौं विशिष्ट मेरो स्वरूप हुँ भन्दै पुन “मलाई नै सम्पूर्ण प्रकृतिको बीज हुँ” भनेर आफै कृष्णले बोलेपछि अन्य नक्कली परमेश्वरहरूका पछाडी लाग्नु उचित छैन | एस्तो गर्नु नर्कको बाटो रोज्नुनै हो |
(१२) भगवानले नै निर्माण गरेको र भनेको तत्थ्यमा विश्वास नगर्ने, सनातन धर्ममा आस्था नभएकाहरू र लोभ तथा मोहले गर्दा बुद्धि विवेक गुमाएका असुरभाव भएकाहरू “मूर्खले” ईश्वरको आदेशमा विश्वास गर्दैन् (७/१५) | सर्वेश्वरको बचनमा विश्वास नगर्नेहरूका लागि भयङ्कर नर्कका यमदूतहरू स्वागत गर्न सधैं तम्तयार छन् र सनातम धर्ममै अन्तिम सत्य हो भन्ने प्रष्ट छ, भ्रममा नपरौं |
(१३) “संसार दुखैदुखको घर हो र यो नाशवान् छ भन्ने प्रष्ट छ (गीता ८/१५) तर सधैं मलाई चित्तमा राख्ने (सर्वेश्वरलाई) र मेरो स्मरण गर्ने (अर्थात् मैले बताएअनुसारको जीवन यापन गर्नेका लागि म सर्वत्र उपलब्ध छु र यही सिद्धि हो” (गीता ८/१४) भनेर सर्वेश्वरले निश्चयात्मक (final words) दिएर ढुक्क पार्दा पनि यदि कसैले मनमानी गरेर विधर्मको शरण लिन्छ भने तिनको भाग्यमा नर्क नै लेखिएको छ भनेर बुझ्नु |
(१४) “म (सर्वेश्वर) व्यक्त र अव्यक्त दूवै रूपले अवस्थित छु | सबै थोक नष्ट हुँदा पनि म जस्ताको तस्तै रहन्छु | म नै सनातन हुन् | म अव्यक्त र अक्षर (कहिले पनि नष्ट नहुने) छु | म बाहेक संसारको कुनै (ईश्वर पूर्णसत्य) केही सत्य छैन | जसले म सर्वेश्वरलाई प्राप्त गर्छ त्यो फर्केर पुन: यो संसारमा आउनै पर्दैन (गीता ८/२०-२१) ” भनेर बोल्दा बोल्दै पनि लोभ वा अन्य कारणले विदेशी धर्मलाई स्वीकार गर्छन् भने ती भन्दा अभागी मान्छे अरू हुनै सक्दैनन् किनभने ईश्वरलाई प्राप्त हुने जीवतत्व सधैंको लागि नर्कमा सड्ने छ |
(१५) सनातन धर्म नै परमसत्य हो भनेर सर्वेश्वर आफैले भनेर बाटो देखाउँदा पनि जसले “यसमा विश्वास र श्रद्धा नगरेर (अन्य पन्थका कितावको भनाईमा विश्वास गर्छन्) तेस्ता व्यक्तिहरू सधैंका लागि जन्म र मृत्युको चक्रमा फंसेर दुख पाइरहन्छन् (९/३) किन भने आफै सर्वेश्वरले प्रष्ट रूपमा “मेरो सङ्कल्पबाट उत्पन्न भएको यो संसार मभित्र छ, मैले नै एसको हरेक पटक सृष्टि गर्छु, मेरो अध्यक्षतामा यो विश्व संचालित छ भन्ने तत्थ्यमा बुद्धि नभएका पटमूर्खहरूले एसमा विश्वास नगरेर (९/७-११) मोहित भै आसुरी वृत्तिमा रमेर (नर्कको बाटो रोज्दछन्) आफ्नो जीवन नष्ट गर्छन् | आफै विचार गरौँ कृष्णका यी भनाई नमान्दा के गति होला ?
१. तसर्थ, म ब्रहमले प्रकृतिलाई प्रकट गरेर विश्वको रचना गर्छु र अनि जीवहरूको सृष्टि गर्छु, म सम्पूर्ण विश्व बीज दिने अर्थात् निर्माण, पालन र संहार गर्ने आदिपिता हुँ (गीता १४/३-४) भनेर सर्वेश्वर श्रीकृष्णले भन्दाभन्दै पनि छोरो छोराछोरी, बाबु, दूतआदिको कुरामा विश्वास गरेर धर्मपरिवर्तन गर्छन् भने नर्कको आगोले तिनैलाई कुरिरहेको छ |
२. “जुन मानिसले पूर्णभक्तिका साथ मेरो उपासना गर्छ उसले सोझै संसारका दोषहरूबाट मुक्त भई मेरो प्राप्ति गर्छ” (गीता १४/२६) भन्ने सर्वेश्वर श्रीकृष्णको बचन हुँदाहुँदै कसैले धर्मपरिबर्तन गर्छ भने नार्कका यमराजहरू तेस्तो मान्छेको स्वागतगर्न तम्तयार छन् | “
३. “विश्वका सवै प्रकारका कर्मकाण्ड, उपासना पद्धतिहरू (आजका भाषामा धर्महरू) छोडेर मेरो शरणमा आउँ स्वर्ग दिने काम मेरो हो” भनेर “बीजप्रद पिताले” भन्दाभन्दै पनि यदि कसैले धर्मपरिवर्तन गर्छ भने तेसले सधैंको लागि (गीता १/४३) नर्कमा जानुपर्छ भनि अर्जुनले शास्त्रमा सुनेको कुरा यही नै हो |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *