सनातन हिन्दू तथा बौद्ध धर्म
प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम, कम्युनिष्ट, पूँजीवादी)हरूको अपवित्र गठजोडले यी दुई सनातनीहरू बीचको सहकार्य र सहअस्तित्वमा खलल पुर्याउन ठूलो प्रयत्न गरिरहेका छन् | यसका लागि दूवै सनातनीहरूले निम्न वूँदाहरूमा ध्यान दिनुपर्छ |
हिन्दू तथा बौद्धमा समानता
(१) दूवैको स्रोत वेद हुन् |
(२) दूवैको जरोकिलो भारतवर्ष हो |
(३) दूवैले कर्म-सिद्धान्तमा विश्वास गर्छन्
(४) दूवैले पुनर्जन्ममा विश्वास गर्छन् |
(५) दुवैले संस्कारमा विश्वास गर्छन् |
(६) दूबैले अवतारवादमा विश्वास गर्छन् |
(७) दूवैले तपस्या, साधना, त्याग तथा करुणाबाट आध्यात्मिक शक्ति प्राप्त हुन्छ भन्ने तत्थ्यलाई आत्मसात् गर्छन् |
(८) दूवैले बहुदेववाद, देवीवादमा विश्वास गर्छन् |
(९) दुवैले एकअर्काको अस्तित्वप्रति सम्मान गर्छन् |
(१०) दूवैले प्राचीन ऋषिमुनिहरूको तपस्या तथा अस्तित्वप्रति विश्वास गर्छन् |
(११) हिन्दू र बौद्ध आन्तिरिकरूपमा अनेकौं उपसम्प्रदायहरूमा विभाजित छन् |
(१२) हिन्दू र बौद्ध दुवैका ग्रन्थहरू संस्कृत र पालिभाषामा छन् |
(१३) बौद्ध तथा हिन्दू दूवैले ॐकारलाई सर्वश्रेष्ठ मन्त्र मान्छन |
(१४) बौद्ध र हिन्दू दूवै समुदायले जन्मदेखि मृत्युसम्ममा कर्मकाण्ड गर्छन् |
(१५) नेपालमा हिन्दू र बौद्ध दुवैका आराधनास्थलरू साझा गर्छन् |
(१६) गणेश, भैरव र जीवित कुमारी हिन्दू तथा बौद्धका साझा देवीदेवता हुन् |
(१७) हिन्दू तथा बौद्ध धार्मिक श्रेष्ठताको निर्णय शास्त्रार्थ हो भन्ने विश्वास गर्छन् |
(१८) हिन्दू तथा बौद्ध दुवैले प्रत्यक्ष, अनुमान, उपमान तथा sशब्दलाई ज्ञानको प्रमाणिक आधार मान्छन् |
(१९) हिन्दूहरूझैँ बौद्धहरूमा पनि मांसाहार र शाकाहार दूवैको प्रचलन छ |
(२०) हिन्दूहरूले बुद्धलाई विष्णुको दशौँ अवतार मान्छन् भने बौद्धग्रन्थहरू हिन्दू देवीदेवताले बौद्धको आराधना गरेका थुप्रै प्रमाण छ |
(२१) दूवै धर्ममा ज्ञान, तप र साधनामा श्रेष्ट व्यक्तिलाई “आर्य” भनिएको छ | आर्यलाई जातिका रूपमा निराकरण गरिएको छ |
(२२) दूवैले पापपुण्य तथा स्वर्गनर्कमा विश्वास गर्छन् |
(२३) दूवैले संसारलाई क्षणिक तथ दुखको स्रोत मान्छन् |
(२४) हिन्दू र बौद्ध दूवैले मोक्ष (निर्वाण)लाई दुखको उन्मुक्ति मान्छन् |
(२५) हिन्दूले बौद्धको र बौद्धले हिन्दूको धार्मिक अस्तित्वलाई स्वीकार गर्छन् |
असमानताहरू
(१) हिन्दू र बौद्धको कर्मकाण्ड मिल्दैन |
(२) हिन्दूहरूले वेदलाई समस्त ज्ञानको स्रोत र अपौरुषेय मान्छन् तर बुद्धिस्टले मान्दैनन् |
(३) हिन्दूहरूले आत्माको अमरतामा विश्वास गर्छन् तर बुद्धिष्टले गर्दैनन् |
(४) बौद्धहरूले सर्वशक्तिमान ईश्वरको अस्तित्त्वमा विश्वास गर्दैनन् जवकि हिन्दूहरू गर्छन् |
(५) हिन्दूहरूले बुद्धिस्टहरूले बुद्धको आराधना गरेर मोक्ष प्राप्त गर्न सक्ने तत्थ्यमा विश्वास गर्छन् भने बौद्धहरूले बुद्ध-देशनाको अनुसरण नगरी कसैले पनि निर्वाण प्राप्त गर्न सक्दैन भन्ने मान्यता राख्छन् |
निष्कर्ष
हिन्दू तथा बौद्धहरू बीच धार्मिकमतभेदका तुलनामा सहअस्तित्वका आधारहरू अतिधेरै छन् | यो सबैले हिन्दू र बौद्धहरूको मतभेद सिद्धान्तसंग सम्बन्धित छ भन्ने प्रस्ट हुन्छ | एकेश्वरवाद, एक पुत्र वा दूतवाद र एउटा धार्मिक-पुस्तकमा विश्वास गर्ने मोजेजका मानसिक सन्तानहरूको प्रभावमा परेर नेपाल अर्थात् हिमवतखण्डका सहकर्मी हिन्दू, बौद्ध, जैन, बोनहरू बीच एकआपसमा फुटहालेर सगरमाथामा क्रस गाड्ने सपना देख्नेसंग सावधान र सुरक्षित रहौं | आफ्नो जरोकिलो अर्थात् हिन्दू बौद्ध जागरणको पथ न त्यागौं र धर्मनिरपेक्षताको भ्रममा पनि नपरौं |
सहअस्तित्वमा बुद्धत्व
बुद्ध पूर्णिमाको अवसरमा हामी सबैलाई शुभकामना | सिद्धार्थ गौतमले वैदिक साधनाकै अवलम्बन गरेर बुद्ध (ज्ञानी) बनेका हुन् | बौद्ध साहित्यहरू पाली र संस्कृतभाषामा छन् | बुद्धको देशनालाई मान्ने तर वैदिक संस्कृति र संस्कारप्रति द्वेष गर्ने, संस्कृत भाषालाई मृत भन्ने, वैदिक, जैन र बौद्धहरूको एकआपसमा आस्थागत विवाद निम्त्याएर नेपाललाई युगाण्डा बनाउँन ठूलै शक्ति लागिपरेको छ | “सावधानी हट्यो दुर्घटना घट्यो” भन्ने उखान सम्झेर सहकार्य गरौँ |
वैदिक, जैन र बौद्धहरू बीच वेद, उपनिषद्, जैनआगम तथा बौद्ध-साहित्यहरूले सधैं सद्भाव तथा शास्त्रार्थको संचेतना प्रदान गर्छन् | वैदिक तथा बौद्धहरूका बीचमा चिन्तन अर्थात् सिद्धान्तमा मतभेद अवश्य छ तर भाषा, संस्कृति तथा चालचलनमा मतभेद र मनभेद दुवै छैन | धार्मिक संस्कारहरू फरक हुँदैमा मुस्लिम र इसाईको सम्प्रदायगत शत्रुतासंग बौद्ध, हिन्दू तथा जैनहरूको तुलना गर्नु नितान्त आपत्तिजनक छ |
आज नेपालमा जसरी बौद्ध र हिन्दूहरूकाबीच नाकका आधारमा घृणा सृजित गरिंदै छ, एसका विरुद्ध बौद्ध-समुदायका अग्रणीहरू प्रखररूपमा प्रतिवादका लागि उभिनुपर्छ भने हिन्दू-समुदायका पुरोहितहरूले पनि सहजरूपमा बौद्ध तथा हिन्दूको सिद्धान्तगत पार्थक्यको सम्मान गर्नुपर्छ |
आज वेद र त्रिपिटक दूवै वैश्विक सम्पदामा रुपान्तरित भएका छन् | कुनै बखत गोरू बेचेको नातो मात्र होइन नाम नै नसुनेको अमेरिकाजस्ता देशहरूमा वैदिक तथा बौद्ध देशना स्वीकार्य हुँदैछ | बुद्धलाई मान्छु भन्ने तर धर्मपद कुन भाषामा छ भन्ने समेत ज्ञान नभएका (जातिवादी र बाइबलको दलदलमा फँसेका)हरूले मात्र वैदिक संस्कृतिको विरोध गर्छन् | हिन्दूहरूले बौद्धहरूप्रति शत्रुतापूर्ण अभिव्यक्ति दिएको र व्यबहार गरेको देखिन्न |
वैदिक, जैन, बौद्ध, किरात र बोनहरूको साझा थलोका रूपमा हामीले आफ्नो राष्ट्र नेपाललाई प्राप्त गरेर गौरव गरौँ | भाषा, नाक, जाति, वर्ग, क्षेत्रका आधारमा वैदिक, बौद्ध, जैन तथा किराती परम्पराको ब्याख्या गर्नेहरू मूलत: नेपालका यी प्राचीन सभ्यताका असली शत्रु हुन् | एस्ता शत्रुहरूको सबै मिलेर बौद्धिक प्रतिकार गर्नुपर्छ |
मनभित्र बाइबल र भोट राखेर बौद्ध, हिन्दू, जैन, किराती तथा बोनहरूलाई बोक्नेहरूसंग सधैं सावधान रहौं | चर्को स्वरमा बुद्धको नाम लिंदैमा कुनै बौद्ध हुँदैन, बुद्धको देशना पालन गर्ने बौद्ध हुन्छ, वेदको उपदेशमा चल्ने वैदिक हुन्छ | म्यामारका बौद्ध धर्मगुरू विराथले भनेका छन् “बौलाहा कुकुरलाई माया गर्नु भनेको आफ्नो लागि मृत्यु निम्त्यानु हो” अत: नेपाली सभ्यता तथा सहअस्तित्वमा खलन पुर्याउने जुनसुकै “बौलाहा कुकुर”लाई माया गर्न छाडौं | सिद्धार्थ गौतम आफ्नै प्रयत्नबाट बुद्ध बनेका थिए, उहाँमाथि कसैले ज्ञान खन्याएको थिएन | तत्थ्य बुझौं र विउझिने प्रयत्न गरौँ |
असलमा, वैदिक सनातन धर्मको प्रचारप्रसार र विस्तार हुनुभनेको बौद्धहरूको विस्तार हो भने बौद्ध-संस्कारको प्रचारप्रसार हुनुभनेको वैदिक संस्कृतिको प्रचारप्रसार हुनु हो | सनातन धर्ममा बुद्धलाई भगवान विष्णुको १० सौं अवतारका रूपमा लिइएको छ भने बौद्ध-साहित्यहरूमा ब्रह्मा, विष्णु, शिव इत्यादि देवीदेवताहरूको विभिन्न सन्दर्भमा उल्लेख गरिएको छ | दार्शनिक सिद्धान्तमा मतभेद उत्पन्न भएपछि बौद्धहरूले वेदको अपौरुषेयताप्रति असहमति व्यक्त गर्छन् | कर्म, दुख उन्मुक्ति, संस्कार, आशा-निराशा, मुक्ति, संसार तथा पुनर्जन्मका सवालमा हिन्दू र बौद्धमा पूर्ण एकता छ | एत्ति बुझे बौद्धहरू पनि वैदिक नै हुन् भन्ने बुझ्न सकिन्छ |
आफ्नो कल्याणका लागि ज्ञानको खोजी आफै गरौँ, प्रेरणाचाहिं त्रिपिटक, गीता, जैनागम जताततैबाट प्राप्त गरौँ | मेरो बुद्धत्व मभित्र र तपाईंको बुद्धत्व तपाईं भित्र लुकेको छ | बुद्धत्वको दायित्व आफ्नै हो | बुद्धलाई सम्मान गरौँ तर बौद्ध-चेतनाले दिएको सहअस्तित्वलाई खल्वल पार्ने बौलाहा-कुकुरको पनि प्रतिवाद गरौँ | हिन्दू, बौद्ध, जैन, किराती र बोन मिलेर हिंडौं, यसैमा हाम्रो सहअस्तित्व छ, हाम्रो गौरव छ |

