षड्दर्शन : वैदिक र चिनीया

षड्दर्शन : वैदिक र चिनीया

षड्दर्शन : वैदिक र चिनीया
संयोग नै मान्नुपर्छ प्राचीन भारतवर्षमा षड्दर्शनको स्थापना, प्रचारप्रसार भैरहंदा चीनमा पनि षड्दर्शन कै विकास र विस्तार भैरहेको थियो | वेदमा आधारित रहेर कपिलले बहुलवादी सांख्यदर्शन, पतंजलीले ईश्वरप्रधान मनोविज्ञान अर्थात् योगदर्शन, गौतमले ज्ञानशास्त्र अर्थात् न्यायदर्शन, कणादले वैषेशिक दर्शन अर्थात् परमाणु शास्त्र, जैनिनीले आचरणशास्त्र अर्थात् मीमांसा र आचार्य शंकरको नेतृत्वमा वेदान्त अर्थात् आध्यात्मिक दर्शनधाराहरूको विकास र विस्तार भयो |
तेसैबखत चीनमा यींगयांग अर्थात् द्वितत्ववादी (सांख्य) दर्शनशास्त्र, रु सम्प्रदाय अर्थात् ज्ञानप्रति आस्था राख्ने दार्शनिक धारा (न्याय), मोजिको नेतृत्वमा कर्मकाण्डका कठोर नियमहरूमा आधारित मो-दर्शन (मीमांसा), तेसै गरि मनिषी मिन्जियाको संस्थापनमा शब्द र अर्थका आधारमा परमसत्यको खोजी गर्ने मिंग सम्प्रदाय (वेदान्त), कर्मकाण्ड, स्वर्ग नर्क, दण्डपुरस्कारका आधारमा जीवन जगतको व्याख्या गर्ने फा-सम्प्रदाय (मीमांसा) र छैठौंमा असल वाटोले नै धर्म, संस्कृति, राजनीतिले आफ्नो सही गन्तव्य प्राप्त गर्न सक्छ भन्ने विश्वासका साथ दाओ-दे सम्प्रदाय स्थापित त विकसित भएका छन् |
जसरी वैदिक दर्शनधारमा षड्दार्शनिक सम्प्रदायहरूका विचारहरूले सम्पूर्ण भारतवर्षीय चिन्तन, व्यबहार र क्रियाकलाप नियन्त्रित छ तेसैगरी चीनको धर्म, संस्कृति, राजनीति तथा व्यबहार प्रत्यक्ष वा अप्रत्यक्षरूपमा उपरोक्त षड्दार्शनिक सम्प्रदायका दार्शनिक चिन्तन र दृष्टिकोणले प्रभावित छ | यो प्रभावलाई वर्तमानको चिनिया सरकारले स्वीकार गरेर “कन्फ्युसीएस सेन्टर”का माध्यमबाट स्वदेश र विदेशमा प्रचारप्रसार गर्दैछ | यसरी सांख्य, योग,न्याय, मीमांसा, वैषेशिक र वेदान्त भारतवर्षीय षड्दर्शन हुन् भने यींगयांग, रू, मिंग, फा, मो र दाओ-दे चिनिया षड्दर्शन हुन् | संस्कृति, भूगोल. भाषा तथा आर्थिक पारस्थितिकी फरक रहेका दुईबटा प्राचीनतम सभ्यता : भारतवर्ष र चीनका दार्शनिक मनिषीहरुको चिन्तनमा पार्थक्य हुनु स्वाभाविक हो तर षड्सम्प्रदायका मूलभूत चिन्तनमा एकरुपता देखिनु साच्चिकै विचारणीय छ |
जसरी वैदिक षड्दर्शनका आधारमा समग्र भारतवर्षीय सम्भ्यताको बैचारिक र व्याबहारिक विकास र विस्तार भएको छ तेसैगरी सम्पूर्ण चिनियाहरूको मनोविज्ञान उपरोक्त षड्दर्शनका आधारमा स्थापित भएको छ | भारतवर्षीय षड्दर्शनले दार्शनिक दृष्टिकोणलाई बढी प्राथमिकता दिएको छ भने चिनिया षड्दर्शनले सम्पूर्णतालाई (आध्यात्मिक र भौतिक) प्राथमिकता दिएको छ | सबै चिनिया सम्प्रदायमा भौतिकवादी चेतना र आध्यात्मवादी चेतना समानरूपले स्वीकार गरिएका छन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *