वेलायतको भूटान

वेलायतको भूटान 
बेलायत जाँदा नेपाली मूलका भुटानीको घरमा अतिथि बन्ने मौका मिल्यो | परिवारका चारभाई र दुई बहिनी फरकफरक देशमा पुनर्वासमा परेछन् | आमा न्युजिल्यान्डमा पुनर्वासमा पर्नुभएछ भने वा बेलायतमा | “के गर्ने ? सरकारले पठाएको ठाउँमा जानै पर्यो बाबु | बूढी र म छ महिना एता र छ महिना उता जान्छौं | यो ठूलो र त्यो कान्छो दुवैले माया गर्छन् | “हवाईजहाजमा साह्रै पट्यार लाग्छ- आमाले थप्नुभयो |
भलाकुसारी गर्दागर्दै दुईजना स-साना बालबालिकाहरू विद्यालयबाट घर फर्किए | अरुण र उहाँकी श्रीमती रमाले दूवै बालबालिकालाई काखमा बोकेर घरभित्र ल्याए | दूवै बालबालिकाहरू सम्भवत: ६ वर्षभन्दा कम उमेरका देखिन्थे |
काखबाट उतार्दा साथ दूवै वालबालिकाहरू हजुरवा/आमाको खुट्टा स्पर्श गर्न पुगे र दूवै बालकहरूले क्रमशः हजुरआमा/बाको चरण स्पर्श गरे भने मतिर फर्केर झुक्दै नमस्कार गरे | तेसपछि मलाई अचम्म मान्दै हजुरआमाको काखमा पुगे |
तेतिकैमा बुवाआमाले मसहितका लागि खाजा लिएर आए | हामी सबै टेवुलतिर गयौं | बालबालिकाका लागि अग्लो कुर्सी रहेछ | हामी सबैले आ-आफ्नो रुचिअनुसार खाजा पस्कियों | मैले खाजा मुखमा के हाल्न थालेको थिएँ कि सानो छोराले हात जोडेर निख्क्खर बेलायती लहेजामा “त्वदीय वस्तु गोविन्द तुभ्यमेव समर्पयेत्” भन्दै आँखा चिम्लेर खाजा खानुभन्दा पहिले भगवान्को स्मरण गरिरेको देखें | परिवारका अन्य सदस्यहरू पनि प्रार्थनाका मुद्रामा थिएँ |
म अचम्भित र लज्जित भएको थिएँ | विश्वको सबैभन्दा विकसित मानिने बेलायतको स्थाई वासिन्दा भएर पनि नेपाली मूलको यो भूटानी परिवारले आफुमात्र होइन, आफ्ना बालबालिकालाई पनि सनातनधर्मका मौलिक संस्कारहरू सिकाइरहेको थियो | म लज्जित भएँ किनभने नेपालका अभिभावक र बालबालिकाहरू आफ्ना मौलिक संस्कारहरूलाई “अन्धविश्वास” ठानेर छोड्दै छन् |
सनातन धर्म र संस्कारको जन्मथलो नेपालका अभिभावक र बालबालिकाहरूले उप्रान्त यो परिवारबाट धेरै कुरा सिक्नु पर्छ, वेलायतजस्तो विकसित देशमा नेपाली मूलका भुटानीहरूले आफ्ना संस्कारहरू पालन गर्न सक्छन् भने हामी नेपालीहरूले त झन् यसको नेतृत्व लिनुपर्छ – मैले मनमनै भने |
मेरो प्रेरणाको श्रोत बनेको त्यो नेपाली मूलको देशबाट विस्थापित भई वेलायत पुगेको भूटानी परिवारप्रति सधैं कृतज्ञता व्यक्त गर्छु |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *