रूपचन्द्र बिष्टलाई पढ्दै गर्दा….

रूपचन्द्र बिष्टलाई पढ्दै गर्दा….

रूपचन्द्र बिष्टलाई पढ्दै गर्दा….
यिनको बारेमा मैले सुनेको थिएँ तर बुझेको थिइन | उनका छरिएका विचारहरू पढ्दै गर्दा र २०४७ देखि अहिलेसम्मका राजनैतिक परिवर्तन हेर्दै चुनाव मंचन हुँदैगर्दा हरिहर विरहीसंग उनले २०५६ जेठ २४ गते जनएकतामा उनले बोलेका बाक्यहरू सम्झिन मन लाग्यो —
…२०४६ सालको आन्दोलनपछि केही परिवर्तन आयो भनिन्छ तर त्यो एउटा नाटक थियो | २०६४ सालपछि हामी अधिकार र विअक्स संगसंगै अगाडी बढ्छ भन्थ्यौं तर अव यो भ्रम टुट्यो | जनताको अधिकार केही बढेछ तर विकास बढेन | अधिकारको चरम दुरुपयोग भयो |
मैले कुनै कितावमा पढेको थिए “चालीसवर्षको उमेरसम्म कम्युनिस्ट नभए के को मान्छे ? चालीसवर्षपछि पनि कम्युनिस्ट रहे के को मान्छे ?” रूपचन्द्र विष्टको जीवनमा साम्यवादी सिद्धान्तको धेरै प्रभाव परेको देखिन्छ | उनी साम्यवादी भएका हुन् किनभने त्यस बखत समानताका लागि प्रखररूपमा बोल्ने साम्यवादीहरू नै थिए |
तर उनको चालीसवर्षपछिको जीवन समानता, मानवाधिकार तथा विकासका लागि समर्पित नै थियो तर उनीमा साम्यवादको पश्चिमा स्वरूप क्रमशः बिलाउँन थाल्यो | उनले थाहा आन्दोलन चलाए | यदि आन्दोलनका शब्द केलाउने हो भने “ऋते ज्ञानान्न मुक्ति” अर्थात् ज्ञान (थाहा) नभाई मुक्ति हुँदैन” भन्ने वैदिक उद्घोषणकोनेपाली सरलीकरण भएको देखिन्छ |
उनले ॐ निर्विवादरूपमा परमसत्यको स्वरूप भएको कुरा नरहरि आचार्यलाई दिएको चिर्कुटमा लेखिएको छ | कुनै पनि साम्यवादीले सन्यासी सरह जीवन विताएको देखिन्न | रुपचन्द्र बिष्टको अधिकांश जीवन सन्यासीसरह नै बितेको देखिन्छ | उनले आफ्नो साम्यवादी चोंगा न उतारीकन नै अद्वैतवादी चोला स्वीकारेको र बीर हस्पिटलमा अन्तिम स्वास फेर्दासम्म अङ्गिकार गरिरहे |
अनि, उनी जीवित भए यसो भन्थे होला ‘अव विदेशीहरूले लादिदिएको प्रजातन्त्र जोगाउने नाममा अर्को चुनावको मंचन हुँदैछ | नेताहरू बलियो हुने जनताहरू कमजोर हुने असली अभ्यास |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *