प्रलोभनको मौसम : क्रिसमस

प्रलोभनको मौसम : क्रिसमस

प्रलोभनको मौसम : क्रिसमस

क्रिसमसको अवसरमा विश्वभरी छरिएर रहेका तर सबैभन्दा बढी जनसंख्या ओगट्ने क्रिस्चियन समुदायमा हार्दिक शुभकामना अर्पण गर्छु | इसाई समुदायले विश्वको ३३% जनसंख्याको प्रतिनिधित्व गर्छ भने करिव ११ सयबटा सम्प्रदायमा विभाजित छ | सबै इसाईले क्रिसमसलाई पर्व मान्दैनन् र सबै इसाईले आज नेपाल र भारतमा पाइने बाइबललाई प्राचीनतम र प्रमाणिक धार्मिक ग्रन्थ पनि मान्दैनन् न सबैले जिसस क्राइस्टलाई नै मुक्तिदाताका रुपमा स्वीकार गर्छन् | जोसुवा प्रोजेक्टको तत्थ्यलाई मान्ने हो भने हाल नेपालमा करिव ४६७ बटा इसाई समुदायहरुले धर्मपरिवर्तन गराउने काम गरिरहेका छन् तर धर्मपरिवर्तन गराउँन सबैभन्दा बढी सफलता कोरियन प्रोस्टेटेन्टहरूलाई मिलिरहेको छ | हाल नेपालमा करिव ७ लाख प्रोस्टेटेन्ट रहेको अनुमान गरिन्छ भने रसियन अर्थोडक्स सम्प्रदायका नेपाली इसाईहरूको सङ्ख्या केवल ५ जनामात्र रहेको मेरो जानकारीमा छ |
नेपालमा इसाईहरूको इतिहास दूईखण्डमा विभाजित छ – पृथ्वीनारायण शाह कालीन र पोखराको राम घाटमा २००४ सालमा पहिलो चर्च निर्माण भएपछि | तेसपछि राजपरिवारकै स्वीकृतिमा सेन्ट जेभियर विद्यालय, पाल्पाको मिसन अस्पताल अनि, युनाइटेड मिसन टू नेपाल शिक्षा तथा सेवाका माध्यमबाट नेपाल छिरेका थिए | शिक्षा तथा सेवालाई धर्मपरिवर्तन गराउने हतियारको रुपमा प्रयोग गर्ने क्याथोलिकहरू नेपालमा तेति सफल भएका छैनन् | तर पृथ्वीनारायण शाहले देश निकाला गरेका कट्टरपन्थी प्रोस्टेटेन्टहरू सन् १९९२ को राजनैतिक परिवर्तनपछि निकै फलेकाफुलेका छन् | प्रोस्टेटेन्ट सम्प्रदायले सेवा कार्यमा लगानी नगरी सिधै चर्च निर्माण र धर्मपरिवर्तनमा लगानी गर्छ | प्रोस्टेटेन्ट सम्प्रदायका इसाईहरूले आफ्ना बालबालिकालाई पढाउन समेत स्थानीय विद्यालयको प्रयोग गर्छन् किनभने आफ्ना बालबच्चालाई प्रयोग गर्दै विद्यालयहरूमा समेत धर्मपरिवर्तन गराउने सम्भावना खोज्दछन् | आम नेपालीलाई थाहा हुनुपर्छ कि सेन्ट जेभियर होस् वा मिसन अस्पताल क्याथोलिक सेवा केन्द्र हुन् | प्रोस्टेटेन्टले केवल धर्मपरिवर्तनलाई प्राथमिता दिन्छन् |
हाल नेपालीहरूको धर्म परिवर्तन गर्न लगानी गर्ने मध्ये सबैभन्दा बढी कोरियन र तेसपछि नर्वेको लगानी रहेको छ | जानाजान होस् वा नजानेर विभिन्न सरकारी निकायहरू पनि धर्मपरिवर्तन गराउने कामका मतियार बनेको बुझ्न सकिन्छ | विगतको एउटा कार्यक्रममा सम्माननीय प्रधानमन्त्रिको समेत संलग्नता देखिएको थियो जसको चर्को आलोचना भएको थियो भने हाल ती “पवित्रमाता” जेलमा छिन् | सन् १०४८ मा कोरिया स्वतन्त्र हुँदा ८०% बौद्ध थियो भने हाल बौद्धहरू अल्पमतमा छन् | प्रोस्टेटेन्टहरू कतिबिध्न कट्टरपन्थी हुन्छन् भने कोरियाको राष्ट्रपति बनेपछि तेहाका वर्तमान प्रोस्टेटेन्ट राष्ट्रपतिले सोल शहरलाई जिसस-क्राइस्टको नाममा भेट गरेका थिए र मूर्तिपूजकहरूलाई चेतावनी दिएका थिए | आज नेपाल पनि तेही दिशामा अगाडी बढिरहेको छ | जुन गतिले पहाड र हिमालमा इसाईहरूले धर्मपरिवर्तन गराईरहेका छन् र तराईमा मुस्लिमहरूले अनियन्त्रित रूपमा जनसंख्या वृद्धिगरिरहेका छन् – आगामी २५ वर्षमा यहाँका हिन्दू, बौद्धहरू अल्पमतमा पर्ने सुनिश्चित छ |
नेपाली इसाईप्रति मेरो गुनासो छ – विश्वको सबैभन्दा प्राचीन संस्कृतिको जीवित संग्रहालयका रूपमा नेपालको प्राकृतिक अस्तित्वलाई निरन्तरता दिन सघाउनुको सट्टा धर्मपरिवर्तन गराएर सांस्कृतिक विनाश गर्ने पाप नगर्नुस् | तपाईंहरूको जनसंख्या विश्वमा सबैभन्दा बढी छ, तेसमा गर्व गर्नुस् | यदि जिसस आजको मितिमा जन्मेको भए नेपालको प्राचीनताको रक्षा गर्न आफै नेतृत्त्व लिन्थे र जेरुसलमा वसेर नेपालीहरूलाई धर्मपरिवर्तन गरेर इसाई बन्न प्रतिवन्ध लगाउँथे | हाल डा. रोकायाले रोजेको बाटोलाई समर्थन गर्थे | आफ्नो जरोकिलो काटेर, आफ्नो धर्म, संस्कृति, सभ्यता तथा इतिहास मासेर कोही पनि महान् हुँदैन | आफ्नो धर्म मान्न संविधानले स्वत्रन्त्रता दिन्छ तर धर्मपरिवर्तन गराउनु कानुनी अपराध हो | असलमा क्रिसमस धर्मपरिवर्तन गराउने जमघट हो | तेसैले सबै आफ्नो जरोकिलोप्रति सचेत, सजग र सावधान रहौं

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *