दास क्यापिटल कि अर्थ शास्त्र ?

दास क्यापिटल कि अर्थ शास्त्र ?
कौटिल्य भनिने चाणक्यले अर्थशास्त्र अन्दाजी ई.पू. २४७ तिर लेखेका थिए भने कार्लमार्क्सले लेखेको दास केपिटल १८६७ मा प्रकाशित भएको थियो | यी दुवै ग्रन्थहरूको रचनाको समयको अन्तराल निकै लामो छ | अर्थशास्त्रको रचना गर्दा विद्वान कार्लमार्क्सको देशका मानिसहरू अर्धजङ्गली युगमा थिए भने बेलायत त झगडिया कविलाहरूको अराजकता चल्थ्यो |
विद्वान कार्लमार्क्सको समयमा धेरै विश्वविद्यालयहरू थिए | पुस्तकहरू प्राकाशित गर्ने प्रविधि जन्मिसकेको थियो | सुविधाका दृष्टिले कार्लमार्क्सको लेखन समय र कौटिल्यको समयसंग तुलना नै गर्न मिल्दैन | बृटिश लाइब्रेरीको कक्षमा कितावहरूका बीचमा लेखिएको दास क्यापिटलले अर्थको परिभाषा र वितरण प्रणालीलाई परिवर्तन गरिदिएको कुरा सही हो तर कौटिल्यसंग तुलना गर्नु वेइमानी हुनेछ |
दास क्यापिटलले अर्थको सिद्धान्त अवश्य प्रतिपादन गरेको छ तर कार्यन्वयनका क्षेत्रमा यो सधैं असफल रह्यो | मैले कर्नाटकको गुलवर्गाबाट सन् १९९३ तिर हिन्दीमा अनुवाद गरिएको दास क्यापिटल किनेर निकै पढ्ने र बुझ्ने प्रयत्न गरे तर मैले भ्याउ पाउन सकिन र प्रवासी नेपालीहरूको एउटा संस्थालाई भेट गरिदिएँ | सन् २०१५ तिर मैले एसको नेपाली अनुवाद पनि देखें तर पढ्न पटक्कै जाँगर लागेन |
तर सन् २०१५ को अगस्त महिनामा मैले पहिलो पटक कौटिल्यले लेखेको अर्थसूत्र पढ्ने मौका मिल्यो | संस्कृत, हिन्दी र अंग्रेजीमा लेखिएको यो कितावले मलाई निकै प्रभावित पार्यो | एउटा लघुकाय ग्रन्थले आजभन्दा २२५० वर्ष पहिला नै “अर्थको ब्यबस्थापन”को पाटो बोल्नु चानचुने कुरा थिएन | सबैभन्दा अचम्मको कुरा त के भने एसले अर्थका (तेस बखतका) सबै कुरा समेटेको छ र आज पनि नेपालीहरूको जीवनशैलीमा तेसको अतिनै प्रभाव भेटिन्छ |
म अर्थशास्त्री होइन तर मेरो पनि अर्थसंग नाता त छ नै | अहिलेको संसार तीनबटा अर्थशास्त्रको कुरा गर्छ : पूँजीवाद, साम्यवाद र समाजवादीअर्थब्यबस्था | विश्वमा आजसम्म यी मध्ये कुनै पनि अर्थब्यबस्थाले पूर्णता प्राप्त गरेको छैन | सबै आ-आफ्नो लेडेढिपीमा छन् | यसै लेडेढिपीले विश्व पिल्सिएको छ | साम्यवादी चीनमा विश्वका ८७ पुँजीपतिले वसोवास गर्छन् | पूँजीवादी अमेरिकाले न्युनतम पारिश्रमिकको ब्यबस्था सुनिश्चित गरेर समाजवाद र साम्यवादको उद्देश्यलाई छोएको छ | भारत, नेपाल, ब्राजिलजस्ता देशहरू साम्यवाद, पूँजीवादको बुच्याखा अर्थशास्त्रको अभ्यास गर्छन् |
नेपालीहरूको सभ्यता र जीवनशैलीमा “कौटिल्यको अर्थशास्त्र” बग्छ तर अर्काको नक्कल गर्न अभिरुचि राख्नेहरू भने विदेशी अर्थशास्त्रले मात्र “विकास” हुनसक्छ भन्ने हठवादमा लागिरहेका छन् | यी मध्ये कोही पनि आफ्नो हठवाद छोड्न तयार छैनन् | नेपाली र भारतीय समाजरुपी शरीरमा २२५० वर्षदेखि बगिरहेको “स्वदेशी अर्थतन्त्र” सधैं ओझेलमा परिरहेको छ | तर यी विदेशी अर्थतन्त्रको मोहले अझैं गरिवी, समानता तथा स्वच्च्द्तातिर अन्यायसंग कसैको सरोकार छैन | विगत ७५ वर्षदेखि अभ्यास गर्दा पनि तथाकथित मिश्रित अर्थब्यबस्थाले एउटा पनि “राणादरवार” बनाउन नसकेको तत्थ्य कोही स्वीकार गर्न तयार छैन |
साम्यवादी कम्युनिस्टहरू युटोपियाको दास केपिटलमा चढेर युटोपिया बेच्न व्यस्त छन् भने प्रजातन्त्रवादीहरू “पुच्याखा अर्थतन्त्र” बोकेर प्रजातन्त्रको रक्षा गर्न लागि परेका छन् | तर देशको आफ्नो अर्थतन्त्रसंग कोही छैन | यदि उपरोक्त अर्थतन्त्रहरू ने[ले नेपाली वा भारतीय जीवनशैलीसंग “गोरु बेचेको साइनो” सम्म हुन्थ्यो भने यी देशहरू अमेरिका र बेलायतझैं विकसित हुन्थे | विश्वास गर्नुस्, उपरोक्त अर्थतन्त्रले नेपालीको विकसित हुने चाहना र सपनालाई कत्तिपनि पूरा गर्न सक्ने छैनन् |
हो, कौटिल्यले अर्थशास्त्र लेख्दा विश्वको जनसंख्या केवल १८ करोडको हाराहारीमा रहेको अनुमान गरिन्छ र यो अहिलेको जनसंख्याको लागि उपयुक्त नहोला | कौटिल्य, शुक्र र विदुरहरूका आर्थिक नीतिलाई टेकेर के हामीले आफ्नै अर्थसिद्धान्त विनिर्माण गर्न सक्दैनौं र ? मुस्लिमहरूले कुनै प्रकारको कर नलाई पनि आफ्नो देशको अर्थतन्त्र चलाएकै छन् | उनीहरू धनी नै छन् | किनभने उनीहरूले “इस्लामी अर्थतन्त्र”मा हिंडे | तथाकथित मिश्रित अर्थ ब्यबस्थाको पासोमा परेका मुस्लिम बाहुल्यदेशको हालत पनि नेपाल र भारतझैं छ |
नेपालको अर्थतन्त्र “पर्म”मा आधारित थियो | एस्तो अर्थतन्त्रलाई “पर्म अर्थतन्त्र” भन्नुपर्छ | दास केपिटलले सहकार्यको वकालत गर्छ तर एसले एस्तो सहकार्य “एकजना पनि पुँजीपति जीवित रहंदासम्म” हुनै सक्दैन भनेर घोषणा गर्छ | धनिलाई मारेर कुनै गरिव धनि हुनैसक्दैन | पूँजीवादले व्यक्तिगत लाभका लागि धनि र गरिव दुवैलाई मार्छ भने साम्यवादीले धनिलाई देख्ने सक्दैन | समाजवादी दूबैको ठिमाहा हो | हिंसामा आधारित यी दुवै अर्थतन्त्र हामी नेपालीलाई फापेनन् |
आधुनिक परिपेक्षमा “पर्म” नै कौटिल्य अर्थतन्त्रको विकसित रूप हुन्छ | नेवारका गुठीहरूले “पर्म अर्थतन्त्र”को अभ्यास गर्छन् भने गाउँमा त झन् पर्म जीवनशैली नै हो | दास केपिटल वा दास इकोनोमिक्स (आदम स्मिथ)प्रति कुनै गुनासो छैन तर कौटिल्यको अर्थशास्त्र नहेरी दास केपिटलको गुणमात्र गाउनु बुद्धिक वेइमानी हो |
खासगरी अर्थशास्त्रका प्राध्यापकहरूले दास क्यापिटल वारे चर्चा गर्दा कौटिल्यको योगदानमा अनुसन्धान गराउने चासो राख्नुपर्छ | एसो गरेमात्र उहाहरू “नेपाली अनुसन्धाता” ठहरिनु हुन्छ नत्र नक्कल गर्ने केवल नक्कली मात्र हुन्छ सक्कली होइन | उठौं, जागौं र पर्म वा सहृदयता अर्थतन्त्रका विषयमा वहस गर्न, अनुसन्धान गरौँ | विदेशीलाई सम्मान गरौँ तर आफ्नोमा स्वाभिमान गरौँ | आफ्नो जरोकिलो खोजौं र विश्वभरी फ़ैलाऔ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *