दार्शनिक श्रीकृष्ण

दार्शनिक श्रीकृष्ण

दार्शनिक श्रीकृष्ण

मलाई श्रीकृष्ण मन पर्छन् | कृष्णलाई पढ्नेहरूलाई कृष्णले आकर्षित गर्छन् | कृष्णलाई भगवान् मान्ने र कृष्णलाई भगवान नमान्नेहरू सबैका लागि कृष्ण आकर्षक छन् | एउटा झ्यालखानामा फूलेको फूल कृष्ण (काले) कसरी “भगवान् स्वयम्”मा रुपान्तरित भयो ? बुझ्नका लागि कृष्ण पढ्नै पर्छ, सुन्नै पर्छ र श्रीकृष्णभित्र रमाउँनै पर्छ | भक्तहरूका लागि मात्र होइन आलोचकहरूका लागि पनि श्रीकृष्ण लोकप्रिय छन् | किनभने कृष्ण पूर्ण व्यक्तित्व हुन् जहाँ, प्रसंशा, आलोचना र समालोचना सबै एकै ठाउँमा गएर मिसिन्छन् | मैले एसैलाई कृष्णको आकर्षण भनेको छु |
कृष्णको कृष्णगूहा
संस्कृतमा कृष्णको अर्थ कालो हुन्छ | कालो रंगमा कुनै रंग चढ्दैन | सबै रङ्गहरू कालोमा हराउँछन् | कालो रङ्गले सबै रङ्गलाई निल्छ | रङ्गहरूको जगतमा कालो रङ्ग अन्तिम सत्य हो | रङ्ग नखुलेको ब्लाकहल पनि कालै मानिन्छ | ब्लाकहलमा छिरेपछि केही फर्कन्न | समय पनि ब्लाकहलमा थामिन्छ | अर्थात्, कृष्णमा समय, दिशा र अवकाश सबै थोक मिसिन्छन् | तेसपछि के हुन्छ – कसैले भन्न, बोल्न र देख्न सक्दैनन् | अर्थात् सत्य अनिर्वचनीय हुन्छ | कृष्णलाई अनूभूत गर्न मिल्छ, जस्ताको तस्तै व्यक्त गर्न मिल्दैन |
झ्यालखानाको फूल
श्रीकृष्णको जन्म झ्यालखानामा भएको थियो | भगवान झ्यालखानामा जन्मिनु अचम्मको कुरा हो | श्रीकृष्णलाई वसुदेवले गोकुल भगाएका होइनन् | श्रीकृष्णले नै गोकुल पुर्याउन अह्राएका हुन् | भदौंमा कुर्लेको जमुनाले कृष्णलाई बाटो नै छोडेको कथा भागवतमा प्रष्ट छ | श्रीकृष्णको जीवन झ्यालखानामा आरम्भ हुन्छ | गोठालोका घरमा थिग्रिन्छ | कृष्णलाई यशोदा अर्थात् (यश दिने) नन्द अर्थात् (आनन्द)ले नै स्वीकार्न सक्छन् |
गोकुलको गोठाला
कृष्ण असामान्य बालक थिए | नत्र छ दिनको बालकले दूध चुस्दैमा पूतनाको ज्यान जाने थिएन | विष लागेको दूध चुसाएर मार्न खोज्नेलाई कृष्णले ठीकै गरे | अन्य बालक भए आफै मर्थे | तेसपछि कृष्णउपर धेरै सङ्कट आए | कृष्णले सहजरूपमा जिते | कृष्णले विजय प्राप्त गरेका धेरैजसो सङ्कट कृष्ण केन्द्रीत थिए | सातवर्षको बालकबाट समाजले धेरै आश गर्दैन |
आज कृष्णले केवल एघारवर्षसम्म माटो खाएर, दहीको घैंटो फोरेर, नुहाउन गएका चेलीहरूको लुगा चोरेर, जमुनामा संगीहरूसंग पौडी खेलेर, गोठालाहरूले संगालेको नौनी चोरेर, बाच्छाबाच्छी र गाई गोठाला बनेर, मुरली बजाएर, गोठाला साथीहरूसंगै बसेर जूठो खाएर तथा पधेर्नीहरूले बोकेको पानीको घैटो फुटाउनेजस्ता उपद्रो गरेको “ब्रज”क्षेत्र र तेससंग जोडिएका कथाहरू एतिबिध्न लोकप्रिय हुने नै थिएनन् | यदि कृष्ण एउटा सामान्य केटाकेटी मात्रै हुन्थे भने गोकुलबाट ९८० किलोमिटर उत्तरमा रहेको काठमाडौँ उपत्यकामा उनको आराधना हुने नै थिएन | उनको बर्थडे मनाइने नै थिएन |
एउटा गाइगोठाला “काले”को एतिबिध्न लोकप्रियताले मलाई तानेकै हो | यदि पांचहजार वर्षपछि पनि एउटा गोठालाको कथा एस्तिबिध्न आकर्षणका र प्राकृतिक श्रद्धाका साथ मनाइन्छ भने यो कृष्णकै आकर्षण हो | म एउटा कृषकको सन्तान हुँ | मजस्ता करोडौं किसान र गोठालाहरूका लागि कृष्ण एउटा “कृषि-दर्शन” हुन् |
मोहित पार्ने निर्मोही
केवल ११ वर्षका गोठाला कृष्णलाई कंशले आफ्नो हत्या गर्न बोलाएको भन्ने थाहा थियो | तैपनि उनी मथुरा गए | परिवार र गोपिनीहरूले रोक्ने प्रयत्न गरे | कृष्णले मानेनन् | मथुरामा हात्तिलाई रक्सी खुवाएर कृष्णको हत्या गर्ने प्रयन्त भयो | कृष्ण डराएनन् | बरू कंस नै एतिबिध्न डरायो कि जताततै कृष्णनै कृष्ण देख्ने मानसिक रोग लाग्यो | शत्रुका रूपमा कृष्ण कंसका लागि मोहनी बने | कुनै पनि हतियार प्रयोग नगरी कृष्णले राजा कंशलाई मारे | त्यो पनि उसकै राज्यसभामा !
तेतिधेरै माया गर्ने वृन्दावन, मथुराका वासिन्दाहरू कृष्णले चटक्कै माया मारे | ११ वर्षको उमेरमा मथुरा प्रस्थान गरेका श्रीकृष्ण फेरी फर्केर गोकुल कहिले पनि आएनन् | तर उनले माया मारेका भने होइनन् | कृष्णले गोकुलवासीलाई नसम्झेकोमा ब्रजवासीहरूले कहिलै पनि गुनासो गरेनन् | मायामा कुनै प्रकारको स्वार्थ हुनुहुँदैन भन्ने तत्थ्य कृष्णले मात्र होइनन् कृष्णका भक्तहरूले पनि स्थापित गरे | उनको निर्मोहीपनमा पनि प्रेरणा छ र कर्तव्यको चेतना छ |
अग्रगमनका (Integration) दार्शनिक
श्रीकृष्ण आठ वर्षका अवश्य थिए | तर चिन्तन निकै फरक थियो | गोपालकहरूलाई कृषिको लागि जमुनाको पानी र गोवर्धन पहाडको छहारी बढी महत्वपूर्ण थियो | इन्द्रको पूजाले यी दूवै आवश्यकता पूरा हुनुभनेको काकताली नै थियो | कृष्णले भने गोवर्धन अर्थात् गाईवंशको वृद्धिको लागि गोवर्धनको पूजा गरौँ | गाईवस्तुको राम्रो वृद्धिले गोवर, गोवरले अन्नपात अन्नपातले सम्वृद्धि सबैले बुझेकै कुरा हो | कृष्णले अग्रगमनको दर्शन स्थापित गरे | विदूरको घरमा खाना खाएर जातपातको खाडल मेटाए | परित्यक्त राजकुमारीहरूलाई पत्नी बनाएर तत्कालीन समाजमा नारीलाई सम्मान दिलाए |
अहङ्काररहित दार्शनिक
शास्त्रले भन्छ – श्रीकृष्ण अजेय योद्धा थिए | उनीसंग नारायणी नामको अत्यन्त बलियो सैन्यशक्ति थियो | तत्कालीन भारतवर्षका सबै राजाहरूलाई पराजित गरेर “सम्राट” बन्न सक्थे | तर उनले अनावश्यक शक्ति प्रयोग गरेर शक्तिको उन्माद देखाएन् | आक्रमणकारी जरासन्धलाई पनि सजिलैसंग माफी दिए | मान्छेहरू स-सानो शक्तिमा मातिन्छन् | शक्तिले मान्छेलाई अन्धो बनाउँछ | उनले “शक्ति सम्पन्न भएर पनि त्यो शक्तिको कत्तिपनि दुरुपयोग नगर्ने अर्थात् सिद्धान्तको जग आफ्नै ब्यबहारद्वारा वसाले | कृष्णजस्तो शक्तिशालीले राजसूय यज्ञमा आगन्तुकको गोडा धुने जिम्मा लिनु र अर्जुनको लागि सारथी बन्न स्वीकार गर्नु विश्वइतिहासको लागि शक्तिसम्पन्न भएर पनि अहङ्काररहित रहन सक्ने दार्शनिकको रूपमा श्रीकृष्णलाई स्थापित गर्छ |
सहृदयी दार्शनिक
मित्रका रूपमा श्रीकृष्णको व्यक्तित्व अद्भूत छ | कृष्णको करूणा र प्रेम पनि अचिन्त्यनीय छ | गरिव ब्राहमण मित्र सुदामासंगको मित्रताले सबैको मन छुन्छ | अर्जुन र द्रोपदीसंगको सहृदयी सम्वन्धले विश्वलाई मित्रताको दार्शनिक सिद्धान्त प्रतिपादन गर्छ | श्रीकृष्णले धरतीमा रहेसम्म विना कारण कसैको अपमान गरेनन् | मार्नका लागि मथुरामा निमन्त्रित गरेका कंशलाई मारेपछि विनम्रतापूर्वक दाह गरे | सकेसम्म सबैको भलो गरे | यो मानव विश्वलाई निस्वार्थ र निष्काम प्रेम कृष्णले दिएको अनुपम उपहार हो, प्रेममय सोच हो |
गृहस्थी दार्शनिक
श्रीकृष्ण सन्यासी होइनन् | सन्यासी भन्दा कम पनि छैननन् | श्रीकृष्णका १६१०८ बटा पत्नी थिए | हरेक पत्नीबाट चारभाई छोरा र एक वहिनी छोरी भएको उल्लेख हरिवंश महापुराणले गरेको छ | एउटा सामान्य मान्छेले दुईवटी श्रीमती र केटाकेटी ब्यबस्थापन गर्न गारो हुन्छ | तर नारदले श्रीकृष्णको गृहस्थ जीवनको अद्भूत वर्णन गरेका छन् | श्रीकृष्ण मायालु पिता, प्रेमिल पति र अत्यन्त दायित्वबोध भएका र दायित्व पालन गर्ने घरमूली थिए | कृष्णको गृहस्थ जीवन बुझ्नेहरू कृष्णको झैं मिलेको परिवार होस् भन्ने चाहन्छन् | कृष्णलाई नबुझ्नेहरू कृष्णलाई “सेक्सी” ठान्छन् |
कृष्ण-साहित्यमा प्रवेश नगरी कृष्णको वारेमा अवधारणा बनाउनेहरू क्षमाका पात्र हुन् | छोराले प्रेम गरेकी कन्या प्राप्त गर्न वाणाशुरसंग युद्ध गर्ने कृष्ण, आफ्नो पत्नी सत्यभामाका लागि देवतासंग लड्ने कृष्ण, साधारण गृहस्थीजस्तै रुक्मणीसंग ठट्टा गर्ने कृष्णको चरित्र साच्चिकै अद्भूत छ | कृष्णले विश्वलाई “गृहस्थ-सन्यास”को दार्शनिक सिद्धान्त दिएका छन् |
शान्ति दर्शनका जन्मदाता
श्रीकृष्णले महाभारतको युद्ध रोक्न हरसम्भव प्रयत्न गरेका थिए | सभवत: उनी विश्वका प्रथम शान्तिदूत हुन् | शान्ति स्थापनाको संदेश लिएर हस्तिनापुर पुगेका श्रीकृष्णले दरवारमा दरवारियाहरूको लागि दिएको शान्तिको संदेश अद्भूत छ | महाभारतमा यो संदेश दुई अध्यायमा अटेको छ | “एउटा गाउँ दिनुस्, मैले युद्ध हुन दिन्न” भन्ने आँट श्रीकृष्णमा मात्र हुनसक्छ | श्रीकृष्णले दिएको प्रवचन आजका शान्तिवादीहरूले बुझ्नैपर्छ | तर इसाई र मुस्लिमले लेखेको मात्र इतिहासलाई सत्य ठान्ने “नक्कली”हरूले मेरो कुरा पचाउन सक्दैनन् |
कृष्ण जन्मेको झ्यालखाना, खेलेको हुर्केको गोकूल-वृन्दावन तथा गोवर्द्धन, गाई चराएको मधुवन, रमणरेती, लेखे पढेको उज्जैन, निवास गरेको द्वारिका जस्ताको तस्तै हुँदा पनि “मूर्ख”हरूले श्रीकृष्णलाई “मेथ” भन्छन् तर जेन्डर नै नखुलेका जिसस र मोहम्मदको जेरुसलेम र मक्काको इतिहासलाई सही ठान्ने बज्रमूर्खहरूले लेखेको इतिहास पत्याउने हामी “महालंठू” हौँ कि शंका लाग्ने गर्छ | जेरुसलेम सहरले जिससको अस्तित्व प्रमाणित मान्ने तर नन्दगांव, वृन्दावन, गोकुलको अस्तित्वलाई काल्पनिक हो भन्ने स्वाठ नै हुन् | एस्ता स्वाठको कुनै औषधि छैन |
परामर्श दार्शनिक
युद्ध भूमिमा आफन्तसंग लड्नु पर्ने र मर्नु र मार्नु पर्ने भए पछि अर्जुनको होस् उड्यो | चिन्ता, वितिष्णा र कर्तब्यपथको ज्ञानको अभावमा उनी किम्कर्तव्य बिमूढ़ भए | “बरू इनैले मलाई मारुन्” भन्दै रथको पछिल्लो भागमा गएर बसे | कृष्ण कत्ति पनि रिसाएनन् | एउटा महान्मु मनोवैज्ञानिकझैं स्कुराउँदै भने “मार्ने/मर्ने विषय कर्तव्यका सामु गौण हुन्छ | मान्छेले उचित समय, उचित आवश्यकता र उचित अवसरमा आफ्नो कर्तब्य पालन गर्नुपर्छ | आफ्नो जीवननै नष्ट भए पनि कर्तव्यपथबाट भाग्न खोज्नु कायरता हो |”
“तोकिएको कर्म गर्नु/गर्न प्रेरित गर्नु योग हो | ज्ञान, भक्ति, कर्म तथा सन्यास मानवीय जीवनका ब्यबहारिक योग हुन् | आफ्नो प्राकृतिक प्रवृत्तिअनुसार तोकिएको कर्म गर्नेहरू योगी हुन्छन् | योगीहरूले जीवित रहँदै “मोक्ष” प्राप्त गर्छन् | सुख-दुख, लाभहानी, जयविजय. चिसो-तातो, जन्म र मृत्यु जीवनको वास्तविकता हुन् | यी सबै मानसिक, शारीरिक अवस्थालाई प्राकृतिक रूपमा स्वभाविक ठान्नेहरू स्थितप्रज्ञ: हुन्छन् | कर्तव्यको भावनाले अभिप्रेरित भएको कर्मले मोक्ष दिन्छ ” कृष्णको परामर्श नै हो आज अर्जुनको कथा घरघरमा आदर्श पुरुषको रूपमा प्रचलित छ ||
दार्शनिक ब्यबस्थापक
श्रीकृष्ण ब्यबस्थापकीय दर्शनका पनि सिद्धान्तकार थिए | जरासन्धले मथुरामा वारम्वार आक्रमण गर्न थाल्यो | एक्काइसौं पटक कृष्णले युद्धबाट भाग्ने निर्णय गरे | यो नया शहर द्वारिका स्थापना गर्ने परियोजनाको अंग थियो | उनले मथुरावासीलाई द्वारिका नामक नयाँ-शहरमा ब्यबस्थित गरे | तेहा नारायणी नामको तेसवखतको सबैभन्दा शक्तिशाली सेनाको स्थापना गरे | युधिष्ठिरले aयोजना गरेको “राजसूय”को व्यवस्थापन गरे | महाभारतको युद्धमा पाँचैबटा पाण्डवहरूको जीवनको सुरक्षाको प्रवन्ध मिलाए | अन्तत: युद्धमा विजेता बनाएर पाण्डवहरूलाई तिनको राज्य दिलाए | साथै, आफ्नो व्यबस्थापकीय कुशलता कै कारण भन्नुपर्छ : आफ्नादुई नातेदार पाण्डव र कौरवहरूलाई आफ्नो दूवैप्रति समानभाव रहेको ब्यबहारद्वारा नै ब्यबस्थित पारे | आफु अर्जुनको सारथी बने | सेना कौरवलाई दिए |
महादार्शनिक कृष्ण
कृष्णले प्रवचन गरेको श्रीमद्भगवत-गीता पढे र बुझे पछि जस्तोसुकै मान्छे नतमस्तक हुन्छ | मानसिक रूपमा विषादग्रस्त अर्जुनका लागि दिएको यो प्रवचन अद्भुत र जीवनको रहस्य खोल्न, कर्तब्य चिन्न रामवाणसरह छ | गीताकै प्रभाव हो – प्रतिदिन विश्व हिन्दूत्वतिर लम्किरहेको छ | मैले जतिपल्ट गीता पढ्छु, लाग्छ मेरो जीवन रुपान्तरित भैरहेको छ | मैले आफ्नो जीवनजगतका हरेक समस्याहरूको समाधान गीतामा भेट्ने गरेको छु | मेरो लागि कृष्णले दिएको गीता जीवनदायिनी अमृत हो | मलाई कमसल कर्मबाट जोगाउने मित्र हो | मलाई मार्गदर्शन गर्ने माता हो | गुरुवनेर आध्यात्म-शक्ति दिने गुरू हो |
श्रीकृष्णको दार्शनिक “योग” पद्धति बुझ्न श्रीमद्भगवत-पढ्नैपर्छ | यदि हामीले गीता पढेंनौं भने हामीले मनुष्य जीवन पाएर गर्ने पर्ने काम छोडिए छ” भनेर पछुतो हुनेछ | यदि हामीले एघारवर्षको बालक कृष्णको वारेमा “कामुक, स्त्री लम्पट, व्यभिचारीको” मानसिक अवधारणा बनएका छौँ भने आफ्नै घरको वा छिमेकीको एघारवर्षको बालकलाई हेरे र बुझे उत्तर मिल्छ | गोपीहरू प्रेमिका थिए सेक्स-पार्टनर होइन | प्रेमिका र प्रेमी हुनु भनेकै “सेक्स-सम्वन्ध” गर्ने लाइसेन्स हो बुझ्ने विकृत-मन भएकाहरूलाई श्रीकृष्णले सद्ज्ञान प्रदान गरूँन् |
सर्वेश्वर श्रीकृष्ण
भागवत भन्छ – श्रीकृष्ण स्वयं भगवान् हुनुहुन्छ | ब्रह्मसंहिता भन्छ “श्रीकृष्ण अनादि पुरुष अनादिकारण हुन् | गीताले बारम्वार भन्छ – श्रीकृष्ण सर्वेश्वर हुन् | आज श्रीकृष्ण भक्तहरूको सङ्ख्या अन्य हिन्दूमतलम्वीको भन्दा धेरै छ | एउटा असल जगद्गुरु, मार्गदर्शक, महायोगी तथा महासत्व श्रीकृष्णको आज जन्मोत्सव मनाइदै छ | अन्तिममा म भन्छु, श्रीकृष्ण अनन्त छ | हामी श्रीकृष्णको विनम्र अनुयायी बनौ र अरूलाई पनि उत्साहित गरौँ | स्वधर्मनै सबैभन्दा बलियो पहिचान तथा शक्ति र गौरव हो |
श्रीकृष्णजन्माष्टमीको अवसर समस्त कृष्ण प्रेमी, कृष्णसंग घृणा गर्ने र निरपेक्ष रहनेहरूलाई सादर बधाई ज्ञापन गर्दै सुस्वास्थ्य, दीर्घायु र उन्नतिको कामना गर्छु |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *