तनाव दिने शिक्षा 

तनाव दिने शिक्षा 

तनाव दिने शिक्षा
आत्महत्या निकै अप्रिय शब्द हो | आजभोली बालबालिको आत्महत्याका खवरहरूले अखवारमा छापिएको पढ्दा मन दुख्छ | यो विचार दुखेको मनको सोच हो | मनभित्रबाट आएको मेरो निजी प्रतिक्रिया हो |
अंगेजी मिडियमका नाममा बालबालिकाले बोक्ने कपि-कितावको झोला र होमवर्कको तनावले खोसिएको बाल्यकाललाई आत्महत्याको प्रेरक किन नमान्ने ? शिक्षाविद्, सरकारी र निजी शिक्षालयहरूले एस विषयमा किन मुख खोल्दैनन् ?
फिनल्याण्डका बालबालिकारूले कक्षा ८ सम्म किताव नै नबोक्दा पनि सिकाइमा अब्बल आएकै छन्, न्यादरल्याण्ड, युके तथा अन्य धेरै देशमा कक्षा ४ सम्म किताव नबोक्दा, एकभारी होमवर्क विना पनि बालबालिका पढाईमा अब्बल नै छन् | तर यी विषयको हाम्रोमा चर्चा हुँदैन | किनभने ब्यापारको सवाल छ |
अभिभावकहरू पनि “जति धेरै होमवर्क तेती नै राम्रो विद्यालय” भन्ने मानसिकताबाट पिडित र विद्यालयहरू पनि “अभिभावक खुसी ट विद्यालय फलिफाप” भन्ने मानसिकताबाट प्रेरित छन् |
यी सबैको मूलमा हेर्दा “अंग्रेजीप्रति मरिहत्ते गर्ने प्रवृति नै हो” भन्न न शिक्षाविद्हरूले साहस गर्छन् न सरकार वा शिक्षकशिक्षिकाहरूले नै |
बालबालिकाले आत्महत्या गर्छन्, पत्रकारके मनोबैज्ञानिकको भनाई बुझ्दछन्, अभिभावक, सरकार, शिक्षकशिक्षिका र विद्यालयहरूले “ए फलानोले आत्महत्या गरे छ” भन्छन् | कुरा सकिन्छ र केहीले भने ब्यापार चम्कने आशा गर्छन् पनि !!
मुख्यकुरो, हाम्रो शिक्षानीतिले बालबालिकालाई होइन अभिभावक, ब्यापारी र तिनका मतियारहरूलाई चिन्छ | कक्षा १ देखि एउटा पेपर अंग्रेजी कक्षा १२ सम्म निरन्तर पढाउने हो भने बालबालिकाले सजिलै अंग्रेजी सिक्छन् | युरोपमा यसरी नै पढाइन्छ, थोपरिन्न |
साच्चिकै भन्ने हो भने नेपालको “झोले शिक्षा”ले बालबालिकाको बालपन खोस्ने गरेको छ भने अभिभावकहरूको निन्द्रा हराम गरेको छ |
विकास र प्रगतिशीलताका नाममा स्थानीय मातृभाषा मात्र होइन, आम नेपालीहरू वीचको सम्पर्क भाषा नेपाली समेत अंग्रेजीकरणले क्षतविक्षत भएको छ | रोम चलिरहेको छ, निरोले बाँसुरी बजाउन छोडेको छैन |
स्थानीय सरकारहरू त झन् नेपाली र स्थानीय मातृभाषालाई कर्मकाण्ड र अंग्रेजीलाई “मानकभाषा”का रूपमा स्थानीयतहमा लाद्नका लागि लागिरहेका छन् |
सरकारी शिक्षकहरू प्रशिक्षण प्राप्त छन् तर तर विद्यालय रोगग्रस्त छन् | निजी विद्यालयहरूमा प्रशिक्षण प्राप्त नगरेका शिक्षक छन् रिजल्ट यिनकै राम्रो छ | सरकारले आफ्ना र निजी शिक्षक भनेर विभेद गर्छ | लाइसेन्सले होइन मान्छेले काम गर्नुपर्छ भन्ने सरकारले बुझ्दैबुझ्दैन | अनि, निजी विद्यालयहरूले तेही गर्छन् जुन कुरा उनीहरूले जानेका छन् | अर्थात् जतिधेरै किताव उतिधेरै राम्रो शिक्षा र विद्यालय !!
मानौं, नेपालको सङ्घीयता नै अंग्रेजीको सेवा, विकास र विस्तारका लागि आएको हो | कमरेडहरूको अंग्रेजी-प्रेम स्थानीयतहमा साच्चिकै उजागर भएको छ |
म अंग्रेजी विरोधी होइन तर नेपाली र स्थानीय भाषहरूको शुभचिन्तक हुँ | विपत्ता कितावको भारीलाई शिक्षा ठान्ने मानसिकताको विरोधी हुँ | बालबालिकालाई आत्महत्या गर्ने उक्साउने “तनावकारी” शिक्षा ब्यबस्थाको आलोचक हुँ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *