डक्टर :  माया

डक्टर : माया

यो कथा होइन : १६५ (डक्टर : माया)

स्थान : पशुपति, समय : ६:२० बेलुका

तीन जना बृद्धहरू एकआपसमा भलाकुसारीमा व्यस्त थिए | सबैको उमेर ७५ कटेको हुनुपर्छ भन्ने मेरो अनुमान छ | संयोग नै मान्नुपर्छ ब्रतबन्धको निम्तो मान्न गएको वखतमा मैले उहाँहरूको सम्बाद सुन्न पाएँ |
मनोहर : मेरा छोराहरूले मलाई उपचारका लागि ग्रांडी अस्पताल लगे | उनीहरूले मैले सुन्ने गरी भने “बाको सबैभन्दा राम्रो उपचार गर्नुहोस् | पैसाको चिन्ता नलिनु होला |
पीताम्बर : मेरा छोरीहरूले मलाई टिचिंग अस्पताल लगेका थिए | मेरो हालत निकै खराव थियो | ठूलो छोराले भन्यो “हाम्रा बालाई जसरी पनि जोगाउनुपर्छ | पैसाको जति खर्च भए पनि बा निको हुनुपर्छ |
रोशन लाल : हेर भाई हो, मेरा छोराहरूको त्यति धेरै हैसियत नै छैन | मेरो उपचार त बल्लबल्ल हुन्छ | छोराबुहारी निकै खट्छन् |छोरीहरूले धेरैजसो खानाको व्यबस्था गर्छन् |
मनोहर : तेरा छोराछोरी, बुहारी तँसंग छन् | म विरामी परेको १० दिनपछि मात्र छोरावुहारी अमेरिकाबाट आए | बुहारी त तीनदिनपछि अमेरिका फर्की हालिन् | छोरोले डाक्टरलाई जिम्मा दिएर, काठमाडौं घुम्न गयो | आफ्ना साथीहरूसंग भेटघाटमा व्यस्त भयो | सिकारू डाक्टरहरूले मेरो शरीरलाई सिक्ने बस्तु बनाए | हरेक दिन परिक्षण ! शरीर भरी सुईले घोचेका दाग छन् | मेरो पीडा सुन्नका लागि कुनै पनि घरको मान्छे हुँदैनथ्यो | बूढीको धेरै याद आयो | छोराहरूले पैसा भए सबै थोक हुन्छ भन्छन् | आफ्नो लागि छोराछोरीको काखमा मर्न पाए हुन्थ्यो, छोराछोरीले दुई कुरा सुन्दिए हुन्थ्योजस्तो लाग्छ | रोशन ! तँ बरू भाग्यमानी छस् | छोराछोरी तथा बुहारीहरू तँसंग छन् |
पीताम्बर : हो, मनोहर, छोराछोरीले पैसा जति पनि तिर्छु भने पछि डाक्टरहरूले जथाभावी परीक्षण गर्छन् कि जस्तो लाग्छ | हरेक दिन नयाँनयाँ औषधिहरू दिने | मलाई त ती अस्पतालका नर्स र डाक्टरहरू यमराजझैं लाग्छन् | झन्डै, कहिलेकाहीं छोरीले सहयोग गर्छे | विश्वास गर, स्वास्थ्य भएमात्र पैसाको काम रहेछ नत्र सुनको घर भए पनि काम

नलाग्ने रहेछ | महंगा अस्पतालहरूले सेवामा भन्दा पनि कमाउनमा बढी ध्यान दिन्छन् | छोराछोरीले अस्पताल पुर्याएर डाक्टरलाई जिम्मा दिएपछि “सबै ठीक हुन्छ” भन्ने ठान्छन् | यसो बोल्न खोज्यो कि “तपाईं आराम गर्नुस् | हामीले राम्रो अस्पताल र डाक्टरबाट उपचार गराइरहेका छौँ | बेलायती छोराछोरीले बुवाआमाको उपचार केवल औषधिले मात्र होइन छोराछोरीको मायाले पनि गर्छ भनेर बुझ्न सक्दैनन् | रोशन, तँसंग धेरै सम्पत्ति छैन भनेर दु:ख न मान | तैले तँसंग बोल्ने, झगडा गर्ने, माया गर्ने छोराछोरी, नातिनीहरू पाएको छस् | आफ्ना नातिनी/नाती त बोल्न नै चाहन्नन् |
रोशन लाल : तिमेरुका छोराछोरीले राम्रो उपचार गराउन सक्छन् | रह्यो मायाको कुरा, उनीहरूले पनि माया गर्छन् तर उनीहरूसंग समय नभएर संगै बस्न नसकेको हुन सक्छ |
पीताम्बर : तैंले भएको कुरा ठीक होला तर छोराछोरीले अस्पतालको भरोसामा छोड्दा हामी प्रयोगका विषय हुने रैछौँ | मनमा धेरै कुरा खेल्छन् | मर्ने परे पनि छोरछोरीको काखमा मर्ने आश हुन्छ, अस्पतालमा मर्न चाहन्न | तर के गरौँ, यो कुरा उनीहरू बुझ्न नै चाहन्नन् | म अस्पतालमा मर्न चाहन्न | मैले मेरो दश दान होस् भन्ने चाहन्छु | यी सबै कुरा आफै गर्न सक्दिन ! म अस्पतालका सिकारूहरूको परीक्षणको बस्तु भएर मर्न चाहन्न ! अनि, पीताम्वर साच्चिकै सुक्कसुक्क गरेर रुन थाले | मनोहर र रोशन पनि भावुक भए | त्यो सम्बादले मेरा आँखा पनि रसाए |
……………..
बृद्ध भएका बुवाआमाहरूलाई उपचारसंगै छोराछोरीको मीठो बोली, विनम्रता र सेवा अझैं महत्वपूर्ण हुन्छ | माया भन्दा ठूलो डक्टर संसारमा कोही हुनै सक्दैन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *