Money Nepal

यो कथा होइन : १६४ (पैसाको कुरा)

स्थान : गौशाला समय : ४:५०
तीन जना प्रौढहरू गफिंदै हुनुहुन्थ्यो :
(१) मलाई मज्जाले निंद लाग्छ किनभने मैले उप्रान्त पैसा कमाउनेतिर होइन व्यबस्थापन गर्ने कुरामा ध्यान दिंदैछु |
(२) मलाई निंद लाग्दैन किनभने मैले कमाईरहेको पैसाको व्यबस्थापन मेरो लागि जटील बन्दैछ |
(३) मेरो पनि विचबिचमा निन्द्रा खुल्छ र भविष्यमा कसरी चल्नेहोला भनेर चिन्ता लाग्छ |
(१) तिमेरुले धेरै पैसा कमायौ | पैसालाई तह लगाउन सकेनौं |
(२) महिनाको पांच लाख घर भाडा आउँछ तर त्यसलाई ठीकठीक उपयोग गर्न सकिएको छैन |
(३) मसंग खान पुग्ने छ तर भोलीको चिन्ता लाग्छ | भएको पैसाका कसैको नजर लाग्छ कि भन्ने डर लाग्छ |
(३) पैसा नकमाउने कोइ पनि हुँदैन तर त्यसको ठीकठीक व्यबस्थापन गर्न जान्ने थोरै हुन्छन् |
(२) म कमाउँछु तर व्यबस्थापन गर्न जान्दिन | परिवारका मान्छेनै शत्रुता गर्छन् |
(१) त्यही भएर म भन्नु, पैसा कमाउनु पर्छ तर त्यसको व्यबस्थापनचाहिं राती राम्ररी निदाउन सकिने गरी गर्नुपर्छ | नत्र पैसा हुँदा पनि पीर्छ, नहुँदा पनि पिर्छ | म मज्जाले निदाउँछु किनभने मैले आफुसंग भएको पैसाको ठीकठीक व्यबस्था गरेको छु भन्ने विश्वास छ |
……………….
क्या जज्जव ! कोही पैसा भएर निदाउँन सक्दैनन्, कोही पैसा नभएर निदाउँन सक्दैन | भएको पैसालाई ठीकठीक व्यबस्थापन गर्न सक्ने व्यक्ति खुसी पनि हुन्छ, मज्जाले निदाउँछ पनि |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *